२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाका लागि प्रस्तावित पौड्यालको नाम संसदीय समितिबाट अनुमोदन



अ+ अ-

काठमाडौँ । क्यानडाका लागि नेपाली राजदुतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ ।

संघीय संसद संसदीय सुनुवाई समितिले आईतवारको बैठकमा सरकारद्वारा क्यानडाका लागि नेपाली राजदुतमा प्रस्तावित पौडेलको नाम अनुमोदन गरेको हो । यसअघि कार्तिक १५ गते समितिले पौड्यालउपर उजुरी आह्वान गरेको थियो । समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले क्यानडाका लागि प्रश्तावित राजदुत पौडेलको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको बताउनु भयो ।

उहाँले प्रश्तावित राजदुत पौड्यालबिरुद्ध दुई वटा उजुरी परेको बताउनु भयो । उहाँले क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदुत र अन्तर्राष्ट्रिय नागरिक उड्डययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रूपमा नियुक्ति गर्ने निर्णयको अनुमोदन गरेको बताउनु भयो ।

संसदीय समितिले अनुमोदन गरेपछि अब राजदुत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । प्रस्तावित राजदुतको नाममा सम्बन्धित मुलुकबाट एग्निमा आएपछि राष्ट्रपतिले राजदुतहरुको नियुक्ति गर्ने कानूनी व्यवस्था छ ।