१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अंकको बृद्धि



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलब ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलब ९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८३ अङ्कले उकालो लागेर तीन सय ६४ दशमलब ८१ म पुगेको छ ।

नेप्सेका अनुसार कूल ६५ लाख ३० हजार छ सय ४३ कित्ता शेयर रु दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड ६६ लाख ६७ हजार दुई सय ६० बराबरको कारोबार भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ५६ लाख ९४ हजार पाँच सय २१, नबिल बैंक रु सात करोड ३७ लाख १२ हजार दुई सय ८० ,सिटिजन लाइफ इन्स्योरेन्स रु छ करोड ३४ लाख ८६ हजार तीन सय छ र आइएमई लाइफ इन्स्योरेन्स रु पाँच करोड ९८ लाख ८३ हजार पाँच सय २४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

छ्याङ्दी हाइड्रोपावर,भगवती हाइड्रोपावर,विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । स्वरोजगार लघुवित्त नौ दशमलब ८९ र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले नौ दशमलब ८८ प्रतिशतले कमाएका छन् ।

यस्तै,इन्फिनिटी लघुवित्त दुई दशमलब ४७,एनएमबी सुलभ इन्भेक्ष्टमेन्ट फण्ड दोस्रो,आशा लघुवित्त दुई दशमलब ४४,आत्मनिर्भर लघुवित्त दुई दशमलब ३९ र नबिल डिवेञ्चरका लगानीकर्ताले एक दशमलब ९९ प्रतिशतले गुमाएका छन् । रासस