२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीसँग गण्डकी ५ रनले पराजित, एपीएफ सेमिफाइनलमा



अ+ अ-

पोखरा । पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकीलाई ५ रनले हराएको छ ।

१ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकीले १८.५ ओभरमा अलआउट हुँदै ९८ रन बनायो। गण्डकीका लागि सुदीप अर्यालले सर्वाधिक ३५ रन बनाए । कप्तान बिपिन खत्रीले १९ रन, दीनेश बुढामगरले १३ र कमल परियारले ११ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका मुहम्मद हुसेनले सर्वाधिक ४ विकेट लिए । अजय लुनियाले ३ विकेट लिए भने रमेश कुल्मीले २ र अविषेक गौतमले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले समान २३/२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रन जोडे ।

गण्डकीको लागि अमृत गुरुङले ३, चन्द्र पौडेलले २ र बिपिन खत्री, सुदीप अर्याल र दीनेश बुढामगरले समान १ विकेट लिए ।

समूह बीमा रहेका गण्डकी, लुम्बिनी र एपीएफको २/२ अंक छ । अंक बराबर भएपनि रनरेट बढि भएपछि एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले सेमिफाइनलमा समूह सीका विजेतासँग खेल्नेछ ।

समूह ए बाट बागमती सेमिफाइनलमा पुगि सकेको छ । बागमतीले सेमिफाइनलमा समुह डि को विजेतासँग खेल्नेछ ।