५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीसँग गण्डकी ५ रनले पराजित, एपीएफ सेमिफाइनलमा



अ+ अ-

पोखरा । पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकीलाई ५ रनले हराएको छ ।

१ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकीले १८.५ ओभरमा अलआउट हुँदै ९८ रन बनायो। गण्डकीका लागि सुदीप अर्यालले सर्वाधिक ३५ रन बनाए । कप्तान बिपिन खत्रीले १९ रन, दीनेश बुढामगरले १३ र कमल परियारले ११ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका मुहम्मद हुसेनले सर्वाधिक ४ विकेट लिए । अजय लुनियाले ३ विकेट लिए भने रमेश कुल्मीले २ र अविषेक गौतमले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले समान २३/२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रन जोडे ।

गण्डकीको लागि अमृत गुरुङले ३, चन्द्र पौडेलले २ र बिपिन खत्री, सुदीप अर्याल र दीनेश बुढामगरले समान १ विकेट लिए ।

समूह बीमा रहेका गण्डकी, लुम्बिनी र एपीएफको २/२ अंक छ । अंक बराबर भएपनि रनरेट बढि भएपछि एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले सेमिफाइनलमा समूह सीका विजेतासँग खेल्नेछ ।

समूह ए बाट बागमती सेमिफाइनलमा पुगि सकेको छ । बागमतीले सेमिफाइनलमा समुह डि को विजेतासँग खेल्नेछ ।