२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेनुका पौडेलको पाउ छुँदै रणवीरले भने, ‘गायनकी देवी नम्बर २’



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेलको प्रशंसा गरेका छन् । इन्डियन आइडलको स्टेजमा फिल्म ‘एनिमल’को प्रचारका लागि पुगेका रणवीरले मेनुको गायनबाट प्रभावित हुँदै प्रशंसा गरेका हुन् ।

कार्यक्रममा प्रस्तुतिको क्रममा मेनुकाले रणवीरकै फिल्म तमासाको ‘अगर तुम साथ हो’ गाएकी थिइन् । उक्त गीत सुनेपछि मन्त्रमुग्ध हुँदै रणवीरले प्रशंसा गर्दै उनको पाउ छुँदै आशीर्वाद समेत मागे ।

‘मेनुका जी मेरो नाम रणवीर हो । म तपाईसँग आशीर्वाद लिन चाहन्छु । ‘श्रेयाजीलाई देवी भन्छौँ । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रूपमा उपस्थित हुनुहुन्छ ।’ रणवीरले भने ।

कार्यक्रममा रणवीरसँग फिल्मकी अभिनेत्री रश्मिका मन्दाना पनि सहभागी थिइन् । कार्यक्रममा रणवीरसँगै स्टेजमै चढेर रश्मिकाले पनि मेनुकाप्रति सम्मान व्यक्त गरेकी थिइन् । उक्त अवसरमा रणवीरले मेनुकालाई भोट गर्न समेत आह्वान गरे ।

मेनुका इन्डियन आइडलका कारण पछिल्लो समय चर्चामा छिन् । उनले सुरुवाती चरणमै ‘गोल्डेन माइक’ जितेकी थिइन् ।




भर्खरै