२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.79

Wind: 1.03

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनलाई शान्तिपूर्ण बनाउन इन्सेकको आह्वान



अ+ अ-

काठमाडौँ । मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा सम्पन्न गर्न इन्सेकले आह्वान गरेको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मङ्सिर ६ गते विज्ञप्ति जारी गर्दै मङ्सिर ७ गते गर्ने भनिएका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गर्नुभएको छ ।

‘विगत लामो समयदेखि इन्सेकले गर्दै आएको मानव अधिकार अनुगमन कार्यलाई भोलि हुने प्रदर्शनका सन्दर्भमा पनि हामी निरन्तरता दिँदैछौँ । इन्सेकले प्रदर्शनको निष्पक्ष अनुगमन तथा अभिलेख गरी साथै मङ्सिर ७ गते साँझ नै प्रारम्भिक प्रतिवेदन प्रकाशन गर्नेछ ।’ विज्ञप्तिमा भनिएको छ ।