• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

धनगढी बजारमा आगलागी, सारथी अस्पताल सहित आठ वटा पसलमा ठूलो क्षति



धनगढी । धनगढीमा भीषण आगलागी भएको छ । गए राति १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो ।

दल बहादुर भण्डारीले सञ्चालन गरेको जुत्ता तथा चप्पलको गोदाममा मध्यराति लागेको आगो फैलिदा एक अस्पताल सहित आठ वटा पसलमा ठूलो क्षति भएको छ ।

राति एक बजे आगो लागेको भएको क्षतिको बिबरण अझै प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले जानकारी दिनुभयो ।

आगोलागीबाट मधुमाला देवी सप ,भट्ट सपिङ्ग सेन्टर , सुभिक्षा देवी सपिङ् सेन्टर, न्यु सदिक्षा ईन्टरप्राईजेज भण्डारी सु –सेन्टर, सारथी अस्पताल र भट्ट ट्रेडर्स एण्ड सप्लायर्समा क्षती भएको छ ।

आगलागी पछि धनगढी उपमहानगरपालिकाका २ वटा,गोदावरी नगरपालिकाका एक, कञ्चपुरको पुनर्वास नगरपालिकाका एक गरी गरी ४ वटा दमकलले नियन्त्रणमा लिएको थियो ।

तस्बिरः सिद्धराज भट्ट / रासस