४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

कार्यसूचीमा प्रवेशै नगरी प्रदेश नं १ को सदन स्थगन

कार्यसूचीमा प्रवेशै नगरी प्रदेश नं १ को सदन स्थगन
अ+ अ-

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक दैनिक कार्यसूचीमा प्रवेशै नगरी स्थगन भएको छ । 

दिउँसो १ बजे सञ्चालन हुने भनिएको बैठक केही समय ढिलापछि सञ्चालन हुने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले उभिएर विरोध जनाएपछि सदन स्थगन भएको उपसभामुख सरस्वती पोखरेलले बताउनुभयो । 

उभिनुभएका सांसदलाई पटकपटक आशन ग्रहण गर्न उपसभामुख पोखरेलले आग्रह गर्दा पनि सांसदले आशन ग्रहण नगरेपछि बोल्न समय पाउनुभएका नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतका झलकबहादुर मगरले सरकार चौथो वर्षमा प्रवेश गर्दा पनि जनता सरकारबाट सन्तुष्ट नरहेको टिप्पणी गर्नुभयो । 

उहाँले हामी अहिले प्रमुख प्रतिपक्षी दल कांग्रेसको धारणामा समानता र मुद्दामा ऐक्यबद्ध छौँ भन्दै सरकारले चालु आर्थिक वर्षका लागि सञ्चालित योजना अलपत्र अवस्थामा रहेकाले अविलम्ब सञ्चालन गर्नुपर्ने माग गर्नुभयो ।

प्रमुख सचेतक मगरले प्रदेशमा सञ्चालित बहुवर्षीय सडक योजना तथा पुलका काम लथालिङ्ग अवस्थामा रहेकाले बजेटको सुनिश्चिता गरी योजना सञ्चालन हुनुपर्ने बताउनुभयो । 

उहाँले बजेट पुस्तिकामा प्रकाशित निर्वाचन क्षेत्र पूर्वाधार कोष र निर्वाचन क्षेत्र विशेष कार्यक्रम कोष सक्दो छिटो बन्दोबस्त गर्नुपर्ने माग राख्दै सङ्घीय सरकारबाट हस्तान्तरित योजनालाई प्रदेश सरकारले मनोमानी ढङ्गले सञ्चालन गर्ने कार्य रोक्नुपर्ने कुरामा जोड दिनुभयो ।
 
राजनीतिक आस्थाका आधारमा कर्मचारीको वृत्ति विकासमा भेदभाव र सरुवा गरिरहेकाले सो कार्य रोक्नुपर्ने भन्दै प्रमुख सचेतक मगरले सरकारले हाम्रो मागलाई सम्बोधन नगरेसम्म सदन चल्न नदिने घोषणा गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही चैत ३० गते दिउँसो १ बजे बस्ने उपसभामुख पोखरेलले सदनमा जानकारी दिनुभयो ।