४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उपरथी पाण्डेको राजिनामाले सेनालाई दिएको चार सन्देश

उपरथी पाण्डेको राजिनामाले सेनालाई दिएको चार सन्देश
अ+ अ-

नेपाली सेनाका आगामी प्रधानसेनापतिका दावेदार उपरथी ताराध्वज पाण्डेले पदबाट राजिनामा दिएर सेनाबाट बहिर्गमन भएसंगै केहि सन्देश दिएका छन ।

ती सन्देश नेपाली सेनाको जीवनमा भविष्यमा पनि महत्वपूर्ण रहनेछन् ।

पहिलो सन्देश,

वर्तमान प्रधानसेनापति महारथी प्रभुराम शर्माको कार्यकालमा नेपाली सेनाको इतिहासमा पहिलोपटक, अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रवेश गरेको छ । सेनामा अख्तियारको चासो अवका दिनमा थप हस्तक्षेपकारी हुनेछ ।

दोस्रो सन्देश,

रिक्त रथीपदमा बढुवाका लागि सार्वजनिक सूचना जारी भइसकेर पनि, प्रधानसेनापतिबाट, बिभागीय निकाय रक्षामन्त्रालय तथा मन्त्री वा रक्षामन्त्री र प्रधानमन्त्रीसंग यथोचित समन्वय र वहांहरूलाइ आफ्र्ना मातहतका अधिकारीका समस्त विषयबारे विस्वस्त बनाउन नसक्दा, दल, मिडिया, अख्तियार,विचौलिया, कुटनीतिक निकाय, सबैलाइ सैनिक बढुवामा खुल्ला प्रवेश गराएर प्रकृया नै गिजोलिएर, सम्भावित प्रधानसेनापतिका दावेदारले राजिनामा जान वाध्य हुने अवस्था सृजना हुनुमा, वर्तमान प्रधानसेनापतिमा, नेतृत्व क्षमतामा कमजोरी, परिपक्वताको अभाव र संगठनप्रतिको निष्ठामाथि प्रश्न उठेको छ र आगामि दिनमा समेत प्रश्न उठिरहने छ ।

तेस्रो सन्देश,

गत जेठ अन्तिमसाता होटल सोल्टीमा, सयुक्त राष्ट्रसंघका उपमहासचिवको भ्रमणको अवसरमा, नेपालि सेनाको शान्ति सेना सन्चालन निर्देशनालयको प्रायोजनमा भएको रात्रीभोजमा, राजिनामा दिएका उपरथी ताराध्वज पान्डेको शैलि र बोलिसंग नेपालस्थित भारतीय दुतावासमा कार्यरत सैनिक सहचारी कर्णेल अमित शर्मा बेखुश थिए ।

नेपाली सेनामा नेतृत्वमा पुग्न दक्षिण (भारत) खुश हुनुपर्ने तथ्यमा करिब नेपालका सबै सचेत नागरिक सहमत छन् । उपरथी ताराध्वज पान्डेको नागरिकताको जन्ममिति सच्याएको भरखर रथी बन्नका लागि हैन, वि.सं.२०४२ मा हो ।

उनी यहि सच्याइएको नागरिकताबाट नै सहायक सेनानीको नियुक्ति देखि उपरथीसम्मका आठ वटा पदोन्नत हुनसके, नवौं खुटकिलामा, कन्चटमा गोलि हाने जसरी, थला पार्नेगरी उनको विवाद प्रचारमा ल्याउनु र सो विवादमा अख्तियार, रक्षामन्त्रालय, प्रधानमन्त्री, प्रधानसेनापति तथा जंगी अडडाको बढुवा समिति सहमत हुनुमा दक्षिण को बेखुशी नजोडिएको होला भनी पत्याउनै सकिन्न ।

यो दक्षिण खुश बनाउन पान्डे असफल भएकै हुन् । तसर्थ पनि उनी राजिनामा दिन वाध्य भए ।

चौथो सन्देश,

उपरथी ताराध्वज पान्डेको बहिर्गमनले, देशभर, यसअघि सुषुप्त रहेको नेपाली सेनाका अधिकारीहरूको उमेर विवाद छताछुल्ल बनाएको छ । पहिले अनुमान थियो अहिले प्रमाणित भएको छ । यसबाट, जंगी अडडा इतिहासमै, आफ्नै देशभित्र, युद्द मोर्चामा हैन, कागजी मोर्चामा प्रतिरक्षात्मक बनेको छ ।

सैनिक अधिकारीहरूले नागरिकसामु ठाडो नाक बनाएर बोल्न हिचकिचाउनु पर्ने अवस्था सृजना भएको छ । सेना र जंगी अडडालाइ यो अवस्थामा पुर्याउनुमा वर्तमान सैन्य नेतृत्वको कमजोरी मुख्य रहेको छ ।

माथिका सबै कारणलाइ सार्थक बनाउन पुर्वप्रधानसेनापतिका शक्तिशालि दाजै को सकृयता गज्जबकै रह्यो । नुन मसला थप्ने ससाना कारण अरू पनि धेरै छन ।

यि कारण र सन्देशहरू आज मात्र हैन, भोलिका दिनमा समेत उत्तिकै प्रभावकारी हुनेछन् । यि कारणलाइ नबुझनु, अनदेखा गर्नु भावि प्रधानसेनापतिको लाइनमा बस्नुहुने सैन्य अधिकारी जो कोहीका लागि महंगो हुनसक्छ ।