७ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको अन्तरिम आदेश: तत्काललाई जोगियो मौलापुर नगरपालिकाको प्रमुख साहको पद



अ+ अ-

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाको प्रमुख रिना साहको मेयर पद तत्काललाई जोगिएको छ।

रौतहटको मौलापुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट निर्वाचित साहको पद तत्काल कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार साहलाई नगरपालिकाको प्रमुख पदमा रही यथावत काम कारबाही गर्न दिनू भनी विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो।

साहले दल त्याग गरेको भन्दै प्रमुख पद स्वतः रिक्त रिक्त हुनुपर्ने भनी एमालेले निवेदन दिएपछि निर्वाचन आयोगले असोज २९ गते पद रिक्त भएको निर्णय गरी सूचना प्रकाशित गरेको थियो।

उनले आफूले दल त्याग नगरेको दाबीसहित रिट लिएर सर्वोच्च पुगेकी थिइन्।