२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजिल्याण्डका ओपनर रचिन बेंगलुरुमा आफ्नो पुर्ख्यौली घर पुगे, हजुरआमाले गरिन् स्वागत



अ+ अ-

एजेन्सी । न्युजिल्याण्डका भारतीय मूलका ओपनर रचिन रविन्द्र आफ्ना हजुरबा–हजुरआमालाई भेट्न बेंगलुरु पुगेका छन् । रचिनका हजुरबा–हजुरआमा शिक्षक थिए । उनका हजुरबुवाको नाम बालकृष्ण अडिगा र हजुरआमाको नाम पूर्णिमा हो । दुवै दक्षिण बेंगलुरुमा बस्छन् ।

नाति घर आएपछि हजुरआमा पूर्णिमाले सबैभन्दा पहिले रचिनलाई ‘नजर उतारेकी’ थिइन् । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रचिन विश्वकपमा श्रीलंकासँग खेल्न बैंगलोर पुगेका थिए । बैंगलोरको चिन्नास्वामी स्टेडियममा बिहीबार (९ नोभेम्बर) श्रीलंका र न्यूजिल्याण्डबीचको खेल भएको थियो ।

यो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ५ विकेटले हराएको थियो । टस जितेर ब्याटिङ गरेको श्रीलंकाको पुरै टोलीले १७१ रन मात्रै बनाउन सक्यो । लक्ष्य पछ्याउन उत्रिएको न्युजिल्यान्डको टोलीले ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । रचिनले ३४ बलमा ४२ रनको इनिङ खेले । उनले आफ्नो इनिङ्समा ३ चौका र ३ छक्का पनि प्रहार गरे । रचिनले डेभोन कोनवेसँग मिलेर टोलीलाई बलियो सुरुवात गराए ।

रचिनका बुबा ९० को दशकमा न्युजिल्यान्ड गएका थिए । उनका बुबा रवि कृष्णमूर्ति क्रिकेटका ठूला फ्यान हुन् । उनी आफै बेंगलुरुमा क्लब क्रिकेट खेल्थे । रचिनको जन्म हुँदा उनका पिताले राहुल द्रविड र सचिन तेन्दुलकरको नाम जोडेर छोराको नाम रचिन राखेका थिए ।