१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजिल्याण्डका ओपनर रचिन बेंगलुरुमा आफ्नो पुर्ख्यौली घर पुगे, हजुरआमाले गरिन् स्वागत



अ+ अ-

एजेन्सी । न्युजिल्याण्डका भारतीय मूलका ओपनर रचिन रविन्द्र आफ्ना हजुरबा–हजुरआमालाई भेट्न बेंगलुरु पुगेका छन् । रचिनका हजुरबा–हजुरआमा शिक्षक थिए । उनका हजुरबुवाको नाम बालकृष्ण अडिगा र हजुरआमाको नाम पूर्णिमा हो । दुवै दक्षिण बेंगलुरुमा बस्छन् ।

नाति घर आएपछि हजुरआमा पूर्णिमाले सबैभन्दा पहिले रचिनलाई ‘नजर उतारेकी’ थिइन् । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रचिन विश्वकपमा श्रीलंकासँग खेल्न बैंगलोर पुगेका थिए । बैंगलोरको चिन्नास्वामी स्टेडियममा बिहीबार (९ नोभेम्बर) श्रीलंका र न्यूजिल्याण्डबीचको खेल भएको थियो ।

यो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ५ विकेटले हराएको थियो । टस जितेर ब्याटिङ गरेको श्रीलंकाको पुरै टोलीले १७१ रन मात्रै बनाउन सक्यो । लक्ष्य पछ्याउन उत्रिएको न्युजिल्यान्डको टोलीले ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । रचिनले ३४ बलमा ४२ रनको इनिङ खेले । उनले आफ्नो इनिङ्समा ३ चौका र ३ छक्का पनि प्रहार गरे । रचिनले डेभोन कोनवेसँग मिलेर टोलीलाई बलियो सुरुवात गराए ।

रचिनका बुबा ९० को दशकमा न्युजिल्यान्ड गएका थिए । उनका बुबा रवि कृष्णमूर्ति क्रिकेटका ठूला फ्यान हुन् । उनी आफै बेंगलुरुमा क्लब क्रिकेट खेल्थे । रचिनको जन्म हुँदा उनका पिताले राहुल द्रविड र सचिन तेन्दुलकरको नाम जोडेर छोराको नाम रचिन राखेका थिए ।