२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रचिनले तोडे सचिनको रेकर्ड



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को उत्साह बढ्दै गएको छ । सेमिफाइनलका चार टोलीको टुङ्गो लगभग सकिएको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियाका टोली यसअघि नै छनोट भइसकेका छन् । योसँगै न्युजिल्यान्ड पनि अन्तिम चारमा पुग्ने लगभग पक्का छ । पाकिस्तान र अफगानिस्तानका लागि बनाइएको समीकरण लगभग असम्भव छ ।

तर, क्रिकेट अनिश्चितताको खेल हो र यसमा केही भविष्यवाणी गर्न सकिँदैन । बिहीबार श्रीलंकालाई हराउँदै न्यूजिल्याण्डले आफ्नो दाबी बलियो बनाएको छ । यो प्रतियोगितामा न्यजिल्यान्डका एक खेलाडीले अहिलेसम्म सबैभन्दा बढी प्रभावित गरेका छन् । ती खेलाडीको नाम हो रचिन रविन्द्र ।

यस विश्वकपमा रचिनको कीर्तिमान
यस विश्वकपमा अहिलेसम्म रचिनले ९ खेलका ९ इनिङ्समा ७०.६२ को औसतमा ५ सय ६५ रन बनाएका छन् । यस अवधिमा उनको स्ट्राइक रेट १०८.४५ रहेको छ । उनी हाल सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् । रचिनले महान सचिन तेन्दुलकरको २७ वर्ष पुरानो कीर्तिमान पनि तोडे । उनी २५ वर्षको उमेर नपुग्दै एकै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

रचिन अहिले २३ वर्षका छन् । सचिनले १९९६ को विश्वकपमा ५२३ रन बनाएका थिए । त्यतिबेला सचिन पनि २३ वर्षका थिए । यो सूचीमा पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन् । बाबरले २०१९ को विश्वकपमा ४७४ रन बनाएका थिए ।

पहिलो विश्वकपमा सर्वाधिक रन
रचिन रविन्द्रको नाममा पहिलो विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि छ । यस मामिलामा उनले जोनी बेयरस्टोको चार वर्ष पुरानो कीर्तिमान तोडे । बेयरस्टोले आफ्नो पहिलो विश्वकप २०१९ मा खेलेका थिए र ११ खेलमा ४८.३६ को औसतमा ५३२ रन बनाएका थिए । जसमा दुई शतक र दुई अर्धशतक समावेश छ । यता, रचिनले यो विश्वकपमा अहिलेसम्म तीन शतक र दुई अर्धशतक बनाएका छन् ।

रचिनले बिहीबार श्रीलंकाविरुद्ध ४२ रनको इनिङ खेलेका थिए । उनले १० रन बनाउने बित्तिकै बेयरस्टोलाई पछाडि छोडे । बाबर आजम यो सूचीमा तेस्रो नम्बरमा छन्। २०१९ मा आफ्नो पहिलो विश्वकप खेल्दै, उनले आठ खेलमा ६७.७१ को औसतमा ४७४ रन बनाएका थिए । जसमा एक शतक र तीन अर्धशतक रहेका छन् ।