६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्सवेलको २०१ रनको इनिङ्सलाई सबैभन्दा ठूलो इनिङ्स मान्दैनन् गांगुली



अ+ अ-

एजेन्सी । भारतीय टोलीका पूर्व कप्तान सौरभ गांगुलीले अफगानिस्तान विरुद्ध खेलेको ग्लेन म्याक्सवेलको म्याच–विजेता इनिङ्सको प्रशंसा गरे तर यसलाई एकदिवसीय ढाँचाको सबैभन्दा ठूलो इनिङ्स मान्नु पर्नेमा उनी सहमत भएनन् ।

ग्लेन म्याक्सवेलले अष्ट्रेलियालाई अफगानिस्तानमाथि ३ विकेटले यादगार जित दिलाएका थिए । २९२ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाएको थियो । त्यसपछि म्याक्सवेलले २१ चौका र १० चौकाको मद्दतले १२८ बलमा अविजित २०१ रन बनाएर अष्ट्रेलिया टोलीलाई जित दिलाए ।

म्याक्सवेलको इनिङ्सको विशेष कुरा यो थियो कि उनले दुखाइसँग संघर्ष गरे तर पनि अन्तिम समयसम्म खेल्न जारी राखे र टोलीलाई जित दिलाए । कोलकातामा दिल्ली क्यापिटल्सको प्रशिक्षण शिविरको छेउमा पत्रकारहरूसँग कुरा गर्दै, सौरभ गांगुलीले म्याक्सवेलको इनिङ्समा आफ्नो प्रतिक्रिया दिए ।

गांगुलीको बयान यस्तो –
होइन होइन । म यो इनिङलाई एकदिवसीय ढाँचामा सबैभन्दा ठूलो इनिङ्स ठान्दिनँ । मैले सचिन तेन्दुलकर र विराट कोहलीको धेरै उत्कृष्ट इनिङ्स देखेको छु । मैले अन्य केही उत्कृष्ट इनिङ्स देखेको छु । म्याक्सवेलको इनिङ्स विशेष छ किनभने उनको अवस्था फरक थियो । उनी चोटिल थिए । दौडन सकेनन् । उनी टेल ब्याट्सम्यानसँग क्रिजमा थिए । छक्का प्रहार गर्दै थिए । तर सचिन र विराटले धेरै उत्कृष्ट इनिङ्स खेलेका छन् ।

सौरभ गांगुलीले अफगानिस्तानले अष्ट्रेलियाविरुद्धको खेल जित्नुपर्ने पनि बताए किनभने उनीहरूसँग राम्रो पकड थियो । गांगुलीले भने, ‘अफगानिस्तानले धेरै राम्रो खेलेको थियो र जित्नुपर्ने थियो । म्याक्सवेलले उत्कृष्ट पारी खेले । तर अफगानिस्तानको बलिङ र कप्तानी राम्रो भएन ।’