१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

आरती साहको न्यायको लागि गरिएको धर्नामा आम जनता पार्टीको ऐक्यवद्धता

आरती साहको न्यायको लागि गरिएको धर्नामा आम जनता पार्टीको ऐक्यवद्धता
अ अ+ अ-

काठमाडौँ । आरती साहको न्यायकोलागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले ऐक्यवद्धता जनाएको छ ।

गत जेठ ७ गते धनुषास्थित थापाचोक–९ जनकपुरधाममा आरती साहलाई सासु, ससुरा, श्रीमान र देवर मिलि दाइजोको निउमा निर्घात कुटपिट गरेर हत्या गरेको भन्दै पीडित परिवारले माइतिघर मण्डलामा असार १ गतेदेखि २४सैँ घण्टा धर्ना बस्दै आएका छन् ।

बुधबार आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायत पार्टीका नेता, कार्यकर्ताहरु धर्नास्थलमै पुगेर धर्नामा ऐक्यवद्धता जनाएका हुन् । सो क्रमममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष साहले पीडित परिवारले १४६ दिनसम्म धर्ना बस्दापनि न्याय नपाउनु दुर्भाग्य भएको बताउनुभयो । उहाँले राज्यले पीडित परिवारको माग सम्बोधन गर्न वेवास्ता गरेको भन्दै खेद प्रकट गर्नुभयो । उहाँले पीडित परिवारको माग सम्बोधन गरेर आरती साहलाई न्याय दिन सरकारसँग माग गर्नुभयो । उहाँले समस्या समाधानका लागि सरकारले औपचारिक वार्ता छिटो सुरु गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा गणतन्त्र छ । लोकतन्त्र छ । लोकतन्त्रको यो युगमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय हो । म सर्वप्रथम राज्यबाट भएको बेवास्ताप्रति खेद प्रकट गर्न चाहन्छु । आरती साहको परिवारको जुन मागहरु छ, त्यसमा म ऐक्यवद्धता जायर गर्दछु । जायज मागहरु छ । त्यो सम्बोधन गर्नैपर्छ । राज्यले छिटो सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ । आम जनता पार्टीले यो आन्दोलनलाई समर्थन गरेको छ । सहयोग गर्ने भन्ने निर्णय गरेको छ । त्यही अनुसार हामी आज धर्ना कार्यक्रममा सहभागि छौँ । कानूनको शासनमा यस्तो सुन्नै नपर्ने हो । सुन्नै लाजको कुरा हो । सरकारले गम्भिरतापूर्वक लेओस् । औपचारिक वार्ता छिटो शुरु होस् ।’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मृतक आरती साहकी कान्छि बहिनी मनिषा साहले आफुहरु १४६ दिनसम्म न्यायको माग गर्दै धर्नामा बस्दापनि माग पूरा हुन नसकेको बताउनु भयो । आफ्नी दिदीको हत्यारा बाहिर खुलेआम हिडिरहँदा पनि कानूनी कारबाही नभएको बताउनु भयो । आफूहरुलाई गरिब, निमुखा भएको कारण राज्यले हेपेर माग सम्बोधन नगरेको उहाँले बताउनु भयो ।

उनीहरुले दोषि उपर कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् । त्यसैगरी पीडित परिवारका सदस्यलाई कुटपिट गरेको भन्दै एसपी विश्वराज खड्का र डिएसपी प्रकाश गौतमलाई पनि नियन्त्रण गरि कारबाही गर्नुपर्ने माग गरेका छन् ।