६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरती साहको न्यायको लागि गरिएको धर्नामा आम जनता पार्टीको ऐक्यवद्धता



अ+ अ-

काठमाडौँ । आरती साहको न्यायकोलागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले ऐक्यवद्धता जनाएको छ ।

गत जेठ ७ गते धनुषास्थित थापाचोक–९ जनकपुरधाममा आरती साहलाई सासु, ससुरा, श्रीमान र देवर मिलि दाइजोको निउमा निर्घात कुटपिट गरेर हत्या गरेको भन्दै पीडित परिवारले माइतिघर मण्डलामा असार १ गतेदेखि २४सैँ घण्टा धर्ना बस्दै आएका छन् ।

बुधबार आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायत पार्टीका नेता, कार्यकर्ताहरु धर्नास्थलमै पुगेर धर्नामा ऐक्यवद्धता जनाएका हुन् । सो क्रमममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष साहले पीडित परिवारले १४६ दिनसम्म धर्ना बस्दापनि न्याय नपाउनु दुर्भाग्य भएको बताउनुभयो । उहाँले राज्यले पीडित परिवारको माग सम्बोधन गर्न वेवास्ता गरेको भन्दै खेद प्रकट गर्नुभयो । उहाँले पीडित परिवारको माग सम्बोधन गरेर आरती साहलाई न्याय दिन सरकारसँग माग गर्नुभयो । उहाँले समस्या समाधानका लागि सरकारले औपचारिक वार्ता छिटो सुरु गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा गणतन्त्र छ । लोकतन्त्र छ । लोकतन्त्रको यो युगमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय हो । म सर्वप्रथम राज्यबाट भएको बेवास्ताप्रति खेद प्रकट गर्न चाहन्छु । आरती साहको परिवारको जुन मागहरु छ, त्यसमा म ऐक्यवद्धता जायर गर्दछु । जायज मागहरु छ । त्यो सम्बोधन गर्नैपर्छ । राज्यले छिटो सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ । आम जनता पार्टीले यो आन्दोलनलाई समर्थन गरेको छ । सहयोग गर्ने भन्ने निर्णय गरेको छ । त्यही अनुसार हामी आज धर्ना कार्यक्रममा सहभागि छौँ । कानूनको शासनमा यस्तो सुन्नै नपर्ने हो । सुन्नै लाजको कुरा हो । सरकारले गम्भिरतापूर्वक लेओस् । औपचारिक वार्ता छिटो शुरु होस् ।’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मृतक आरती साहकी कान्छि बहिनी मनिषा साहले आफुहरु १४६ दिनसम्म न्यायको माग गर्दै धर्नामा बस्दापनि माग पूरा हुन नसकेको बताउनु भयो । आफ्नी दिदीको हत्यारा बाहिर खुलेआम हिडिरहँदा पनि कानूनी कारबाही नभएको बताउनु भयो । आफूहरुलाई गरिब, निमुखा भएको कारण राज्यले हेपेर माग सम्बोधन नगरेको उहाँले बताउनु भयो ।

उनीहरुले दोषि उपर कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् । त्यसैगरी पीडित परिवारका सदस्यलाई कुटपिट गरेको भन्दै एसपी विश्वराज खड्का र डिएसपी प्रकाश गौतमलाई पनि नियन्त्रण गरि कारबाही गर्नुपर्ने माग गरेका छन् ।