४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमण भयो: पूर्वराज शाह (भिडियो सहित)

वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमण भयो:  पूर्वराज शाह (भिडियो सहित)
अ+ अ-

काठमाडौ । पूर्बराजा  ज्ञानेन्द्र शाहले पुर्वीय दर्शन, धर्म र सनातनीय संस्कारमा ह्रास आएको भन्दै  धर्म बचाउन आग्रह गर्नुभएको छ । भारतको  हरिद्वारमा आयोजित महाकुम्भ मेला २०२१ लाई सम्बोधन गर्दे पूर्वराजा शाहले  हाम्रो धर्म सभ्यता, संस्कृतिका अनेक आर्दशहरू विश्व कै मानवीय मुल्यलाई  डोहोर्योएको जनाउनु भएको छ ।

पुर्व राज ज्ञानेन्द्र शाहवाट महाकूम्भ मेला – हरिद्वार २०२१ मा गर्नुभएको सम्बोधनको पूर्णपाठ :

यो विशाल, यो पूण्य कार्य कृत्य र यो पवित्र धार्मिक सनातनिक एवं सांस्कृतिक समारोहको आयोजक – यहां पाल्नू भएका आचार्य महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, ऋषि, मनिषि एवं समस्त सन्त, महन्त, साधकहरू, म सबै सबैलाई नमन गर्दछू, दूई कर जोडी बन्दन गर्दछु ।

गंगा तटमा अवस्थित यो पवित्र धाम, यो देवस्थल हरिद्वारको यो विशेष पूण्य कार्य र यो विशाल समारोहमा म यहांहरूको निकटमा रही, दर्शन, अर्चन, वन्दनमा सरिक छु । यहांहरूको श्रद्धायूक्त आमन्त्रण पाएर उपस्थित छु । यस निम्ति म गौरवान्वित छु  । यहांहरू सबैप्रति  साधूवाद । 

हाम्रा वेद र शास्त्रहरुको मत र मान्यता मूताविक मैले सूने बूझे अनूसार कूम्भघडा अमृत तत्वले भरिपुर्ण घडा हो । सत्य यूगमा समून्द्र मन्थनबाट उत्पन्न अमृतका ३८घडाहरू पहिले दानवहरूद्वारा लूटिएका थिए, ति घडाहरू पछि गरुडद्वारा खोजी गरि ल्याइएको र प्रयाग, हरिद्वार, नाशिक र आवन्तिक स्थलहरूमा खडा गरिएको थियो । सोहि परम्परा अनूरुप हरेक बाह्र बर्षमा लाग्ने कूम्भ मेलाको विशिष्ठ महत्व रहन गएको देखिन्छ ।

अमृतका तिनै कूम्भ घडाहरूबाट थोपा थोपा गरि विभिन्न नद नदिमा प्रभाहित भएकाले नै पुर्वीय दर्शनमा हाम्रा नद नदिहरुको, हाम्रा पर्वतीय घाटीहरूको तथा विभिन्न वन वाटिकाहरूको धार्मिक र शास्त्रीय मान्यता रहन गएको हो । प्रकृतिप्रति प्रेम गर्ने र प्रकृति संरक्षणको कार्यमा अनूराग राखेर काम गरेको एक प्रकृति पुजक पात्र भएका नाताले म हाम्रो त्यस्तो धार्मिक धारणा र शास्त्रीय दृष्टिकोणको सम्मान गर्दछु ।

जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइंदै लगिएको आजको प्रदूषणयूक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउने दृष्टिकोणले हेर्दा यस्ता कूम्भ मेलाको औचित्य आजको समयमा पनि अर्थपुर्ण ढंंगले बूझ्न सकिन्छ । हराभरा स्वच्छ प्रकति, निर्मल नद नदि तथा ताल तलैया एवं समस्त वातावरणलाई प्रदूषण मूक्त बनाउने आजको विश्वव्यापी अभियानमा कूम्भ मेला जस्ता हाम्रा यस्ता धार्मिक अनुष्ठान  सर्वथा उपयोगी र प्रेरणादायी हून्छन् भन्ने मेरो दृष्टिकोण छ । 

भारत वर्ष, हाम्रो आर्यावर्त र भरत खण्ड, यो भुखण्ड ( हाम्रा यी हिम श्रृंखला, हाम्रा यी अनेकौं नद नदिको महत्व महान छ ) हजारौं वर्ष अ३िदेखिको हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा तथा सनातनिक संस्कृति विश्व मै वेजोड छ ।

हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पूराण आदि अनेकौं ग्रन्थ शास्त्र सबै सबै नै महत्वपुर्ण छन् ( तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनूशिलन आफैमा गहन छन् । 

नेपाल र भारतका कैयन देवस्थलहरू, धामहरू एवं अनेकौं स्थानहरू यस्ता  छन् ।  जसले सदैव ( सर्वे भवन्तू सूखिनको विश्वव्यापी मान्यता राख्दछन् । हामी कतिले र अरू कतिले हाम्रा यी धार्मिक सांस्कृतिक स्थलहरूलाई तथा हाम्रा अनेकौं रितिस्थितिलाई के कति बूझ्दछन् कून्नि, तर सारभुतरूपमा भन्नू पर्दा हाम्रो धर्म सभ्यता, संस्कृतिका अनेक आर्दशहरू विश्व कै मानवीय मुल्यलाई डो¥याउंद छन् ।

सानो छंदा मैले हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नू भएको, के नेपाल सानो छ ?  भन्ने निबन्ध पढेको थिएं बडो चिन्ताकासाथ हाम्रो आर्य सभ्यताको महत्व खिंइदै गएको कूरामा उहांले उक्त निबन्धमा लेख्नू भएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केहि समयदेखि हाम्रो पुर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कूरा सांचो हो ।

अब हामीले हाम्रो धर्म बचाउनू छ, हाम्रो संस्कृतिको रक्षा गर्नू छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नू छ । हाम्रा गंगा नद नदिहरूको प्रवाह स्वच्छ पार्नू छ । भगवान रामले भन्नू भएको थियो “अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी” भन्ने सद्यूक्तिको ख्याल हामीले राख्नै पर्दछ ।

यिनै प्रयोजन हेतू यो महाकूम्भ मेलाको यो विशाल भेलाको र यहां उपस्थित सबै विद्वान, विदूषि, सन्त महात्माहरूको ध्यान पूगोस् – यही  अवधारणा छ मेरो – फेरि पनि सबैमा साधूवाद । धन्यवाद !