काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् ।
विभिन्न माध्यमबाट विवादस्पद अभिव्यक्ति दिएपछि उनलाई साइबर ब्यूरोमा उपस्थित हुन भनिएको हो ।
प्रसाईंले सामाजिक सञ्जाल तथा मिडियाहरूमार्फत् मारवाडी समुदायको चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो ।
नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रसाईंविरुद्ध उजुरी दिएपछि प्रहरीले ब्युरोमा बोलाएको हो ।