४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना

कोभिड १९ को संक्रमणबाट भएको आर्थिक क्षतिका लागि सहयोगका मापदण्ड अपनाउन आग्रह

कोभिड १९ को संक्रमणबाट भएको आर्थिक क्षतिका लागि सहयोगका मापदण्ड अपनाउन आग्रह
अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वलाई नै कोभिड–१९ को समस्याले गर्दा आर्थिक क्षति पुगेको बताउनुभएको छ । उहाँले त्यसका लागि आवश्यक मात्रामा आर्थिक पुनस्र्थापनाका कार्यक्रमहरु सञ्चालन गर्न पनि विश्वका देशहरुलाई आग्रह गर्नुभएको छ । 

महासचिव गुटर्रेसले आर्थिक आजको अवस्थामा विश्वलाई नै यस महमारीले ठूलो असर गरेको र त्यसका लागि आर्थिक प्याकेजका कार्यक्रमहरु घोषणा गरेर लागू गर्नुपर्ने धारणा राख्नुभएको छ ।
 
महासचिव गुटर्रेसले आर्थिक प्याकेज पूरा गर्नका लागि विभिन्न छ वटा मापदण्डहरु अपनाउन सुझाव दिनुभएको छ । उहाँले विश्वले नै अकल्पनीय रुपमा गएको एक वर्षदेखि यो समस्या भोगिरहेको तर पनि यसबाट भएको आर्थिक क्षति पूरा गर्न सक्नेगरी कुनै पनि देशले कुनै पनि कार्यक्रम राख्न नसकेको  बताउनुभयो । 

यसबाट विश्वका कैयौँ देश पनि समस्यामा परेका र उनीहरुको आर्थिक समस्या पूरा गर्नका लागि यो अवस्थामा विभिन्न मापदण्डहरुको पनि घोषणा हुनुपर्ने धारणा राख्नुभयो । यो समस्याबाट विश्वका तीस लाखभन्दा बढी मानिसले यो महामारीबाट ज्यान गुमाउन बाध्य भएका छन् । यसका कारण बाट विश्वका १२ करोडभन्दा पनि बढी मानिस चरम गरिबीको समस्यामा परेका उहाँले बताउनुभयो । 

त्यसैगरी विश्वका २५ करोड मानिसले आफ्नो पूरा समयको जागिर पनि यस महामारीका कारण गुमाउन पुगेका छन् । यसका कारण विश्वले सन् १९९० को दशक पछिको अवस्थामा सबैभन्दा बढी मात्रामा आर्थिक मन्दीको सामना गर्नु परिरहेको अवस्था पनि उहाँले बताउनुभयो । 

यसैले पनि विभिन्न आर्थिक क्षेत्रका प्याकेजहरु ल्याएर आर्थिक पुनस्र्थापनाका साथै सुधारका कार्यक्रमहरु गर्नका लागि उहाँले विश्व समुदायसमक्ष यो आग्रह गर्नुभएको छ ।