२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय आकांक्षा पूरा गर्ने बहसले प्राथमिकता पाओस्: पूर्वअध्यक्ष रेग्मी



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नव वर्ष २०७८ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदी, बहिनी तथा दाजुभाइमा शान्ति, सुख, समृद्धि, सुस्वास्थ्य र प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्षको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नयाँ वर्षले नेपालीको मुहार उज्यालो तुल्याउन, कोभिड महामारीबाट मुक्ति दिलाउन र  समस्त नेपालीमा सुख समृद्धि हासिल गर्न सफलता प्रदान गरोस् भनी कामना गर्नुभएको छ । आर्थिक, सामाजिक र सांस्कृतिकरूपले अग्रगमन र रुपान्तरण गर्दै सुखद् भविष्यका लागि विभिन्न कालखण्डमा आन्दोलन गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले भन्नुभएको छ – आगामी वर्ष शान्ति, सहकार्य र जनतामा सुख समृद्धि ल्याउने वर्ष बनोस् भन्ने नेपाली मात्रको अपेक्षा हो ।

आर्थिक र सामाजिक रुपान्तरणका लागि ठोस कदम बढाइनु आजको महत्वपूर्ण आवश्यकता भएको बताउँदै उहाँले भन्नुभयो, “परिवर्तन संवाहकको नै समाज रुपान्तरणको अन्र्तसङ्घर्षले भन्दा अन्तर्घुलन र राष्ट्रिय आकांक्षा पूरा गर्ने बहसले प्राथमिकता पाओस् । नेपालको परिकल्पना साकार पार्नेतर्फ हाम्रा पाइला कति प्रभावकारी भए भनी प्रश्न गर्नुभएको छ ।