२० श्रावण २०८३, बुधबार
,
Latest
फिर्केखालाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेस विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ६४ दशमलव ४० को बिन्दुमा कायम भएको हो ।

विभिन्न दुई सय ८६ कम्पनीका २२ लाख ५८ हजार एक सय ८७ कित्ता शेयर २५ हजार छ सय २५ पटक खरिदबिक्री हुँदा रू ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह एक दशमलव ४६ र लघुवित्त समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ९८ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू एक करोड ७० लाख ११ हजार चार सय ७८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु स्मार्ट फन्डको सबैभन्दा धेरै एक लाख १७ हजार तीन सय कित्ता शेयर किनबेच भएको छ । रासस