४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना

नयाँ वर्षको सन्देश : नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस्–आयोग

नयाँ वर्षको सन्देश : नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस्–आयोग
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ । नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुभकामना व्यक्त गर्दै आयोगले नागरिकता प्राप्त गर्नासाथ निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा समेत नाम दर्ता गराउन आयोगले आग्रह गरेको हो ।
     
आयोगले नागरिकता प्राप्त गरिसकेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका नागरिकलाई नाम दर्र्ता गर्न उत्प्रेरित र सहजीकरण गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको छ । जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीका लागि निरन्तर रुपमा नाम दर्ता भइरहेको जनाउँदै आयोगले राजनीतिक दललाई आफ्ना जिल्ला र स्थानीय सङ्गठनलाई त्यसबारे प्रचारप्रसार गरी सहयोग र सहजीकरण गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।

मतदाता नामावली ऐन २०७३ ले तोकिएको योग्यता पूरा भएका नागरिकको नाम र फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था मिलाउन आयोगलाई जिम्मेवारी दिएको छ । मुलुुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम सङ्कलन गर्ने कार्य निरन्तर रुपमा गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

स्थानीय तहको वडाको मतदाता नामावलीमा नाम दर्ता गराउनु नेपाली नागरिकताको प्रमाण प्राप्त गरेका हरेक व्यक्तिको कर्तव्य रहेको आयोगको भनाइ छ । मतदान गर्न योग्यता पूरा भएका कोही पनि व्यक्ति मतदानबाट वञ्चित नहुन् भन्ने आयोगको अभिप्राय छ । मतदानका लागि मतदाता नामावलीमा नाम समावेश हुनुपर्ने अनिवार्य पूर्वशर्त रहेको जनाउँदै आयोगले मतदाता नामावलीमा समयमै नाम दर्ता गराउन सबै नागरिकसँग अपिल गरेको छ । रासस