७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

महोत्तरीमा गाँजाको तस्करी र कारोबार बढ्यो

महोत्तरीमा गाँजाको तस्करी र कारोबार बढ्यो
फाईल फोटो
अ+ अ-

महोत्तरी । गाँजाकै कारण केही दशकअघि महोत्तरीको अजमरपट्टी बस्ती संसारभर चर्चामा थियो । गाँजाको लत लागेका व्यक्तिहरूले यहाँको अजमरपट्टीको चर्चा गरिरहन्थे । “त्यतिखेर आफ्नो जिल्लाको एउटा सानो बस्तीको नाउँ विदेशीले किन लिन्छन् ,?आखिर के रहेछ त्यहाँ? भन्ने लाग्थ्यो,” एक विदेशी नागरिकले अजमरपट्टीबारे चासो राखेको पुरानो सन्दर्भ बर्दिबास–६ किसान नगरका ७० वर्षीय वीरबहादुर सुसलिङ सम्झनुभयो ।

“त्यही चासोले अजमरपट्टी जाँदा त्यतिखेर जिल्लाको उत्तरक्षेत्रमा खेती गरिने सूर्तीको ‘प्याक’ बनाएको देखेको मलाई अजमरपट्टीमा बनाइने ‘प्याक’ पनि कुनै एकखाले सुर्तीकै हो भन्ने परेको थियो,” करिब पाँच दशकअघिको कुरा सम्झदै सुसलिङले भन्नुभयो, “ती त गाँजाका प्याक रहेछन् भन्ने निकैपछि थाहा पाएँ ।”

सरकारले गाँजा खेती निस्तेज गर्न कडाइ सुरु गरेसँगै अजमरपट्टीमा गाँजा नष्ट गरिएका खबर रेडियोबाट सुनेपछि बल्ल आफूले त्यहाँ देखेको ‘प्याक’ सुर्तीको नभएर गाँजाको भएको रहस्य थाहा पाएको सुसलिङ सम्झनुहुन्छ ।

त्यहाँ (अजमरपट्टी) उत्पादित गाँजा विश्व बजारमा उत्तम भएको सो बस्तीका छ दशक उमेर नाघेका पाका व्यक्ति अझै बताउँछन् । “गाँजा खानेहरूले हाम्रो बस्तीको नाउँ जान्दथे,” सो बस्तीका ७० वर्षीय रामअनेक मण्डल भन्नुहुन्छ, “समय गयो, गाँजा खेती सरकारले बन्द गर्‍यो, अब यो नाउँ बिर्सेहोलान् सबैले ।”

अजमरपट्टीको माटोमा गाँजा राम्ररी फस्टाउने र अन्तराष्ट्रिय बजारमा यो ठाउँमा उत्पादित भनेपछि राम्रो मूल्यमा बिक्री हुने कुरा विगत सम्झदै अहिले पनि सो बस्तीका बुढापाका बताउँछन् । समयक्रममा अजमरपट्टी र आसपासको गाँजाखेती त सरकारी प्रयत्नले निर्मूलजस्तै भयो । तर गाँजा तस्करीको केन्द्रचाँही महोत्तरी झन् बलियो बन्दै गएको त्यसयताका बर्सेनिका घटनाले देखाउँदै आएका छन् ।

अहिले महोत्तरी गाँजा उत्पादन होइन, यो अवैध कारोबार व्यवस्थापन र ओसारपसारको केन्द्र जस्तै बन्दै गएको छ । भित्री पाहाडी खोंच र पाखाभित्तामा उत्पादित गाँजा सुरक्षाचौकी छल्दै महोत्तरीका विभिन्न बस्तीमा लुकाइने र भारतीय तस्करसँगको समन्वयले बाहिरिने गरेको पछिल्ला एक दशकयताका घटनाले देखाउने प्रहरी अधिकारी नै स्वीकार गर्छन् ।

“अब महोत्तरीमा गाँजा खेती भेटिन्न, प्रहरीको निरन्तरको प्रयत्नले यो करिब निर्मूल भएको छ,” जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी (प्रवक्ता) प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरी भन्नुहुन्छ, “तर ओसारपसारको थलो चाँही अवैध धन्दावालले यो ठाउँलाई बनाउँदै आएका देखिन्छ ।”

आइतबारमात्रै जिल्ला प्रहरी कार्यालय सर्लाहीले महोत्तरीरसर्लाही सीमा नजिकको कविलाशी–९ को झिम नदी किनारमा दुई सय ५० किलो लागुऔषध गाँजासहित नियन्त्रणमा लिइएका दुई जना र ओसारपसारमा प्रयोग भएको सवारीसाधन सार्वजनिक गर्‍यो । यसअघि गत असोज अन्तिम सातामा महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वर नजिकै जलेश्वर–सम्सी सडकमा प्रहरीले चार क्वीन्टल बढी चार सय पाँच किलो गाँजा बरामद गरेको थियो ।

सर्लाही प्रहरीले नियन्त्रणमा लिएका ओसारपसारमा संलग्न व्यक्ति स्थानीय भए पनि गत असोजको अन्तिम साता महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको गाँजासहित भने मकवानपुरका बासिन्दा फेला परेका थिए । जिल्लाका विभिन्न ठाउँमा गरिने खोजअभियानमा थोरै परिमाणको गाँजा भेटिँदा यहीँकै स्थानीय (जिल्लाकै) भेटिने र परिमाण बढी हुँदा धेरैजसो मकवानपुरका मानिस समातिएका प्रहरी अधिकारीको अनुभव छ ।

“पछिल्ला १० वर्षभित्रका घटना केलाइँदा करिब बर्सेनि ठूलो परिमाणमा गाँजा यहाँ बरामद गरिएका छन् । ती घटना अधिकांश मकवानपुरसहितका पाहाडतर्फका मानिस भेटिएका छन्,” प्रनाउ गिरी भन्नुहुन्छ, “पाहाडतर्फ उत्पादित गाँजा बाहिर पठाउन भारतीय तस्करसँग समन्वय गर्ने थलो महोत्तरीलाई बनाइएको घटनाले देखाउँछन् ।”

प्रहरीले सक्रियतापूर्वक तस्कर जालो च्यात्ने काम गरिरहेको गिरीको भनाइ छ । पछिल्ला १० वर्षयता महोत्तरीमा एक पटकमा १० क्वीन्टल (एक हजार किलो)सम्म गाँजा एकपटकमा बरामद गरिएको पुरानो घटना अभिलेखले देखाएको छ ।

यहाँ गाँजा खेती हुन छाडे पनि यसको ओसारपसारको समन्वय थलो भने तस्करले बनाएका पाइन्छ । यहाँ खेती गरिदाको बेलाका भारतीयसहित अन्तर्राष्ट्रिय बजारका यसका कारोबारीको सम्बन्ध पुस्तान्तरण हुँदै अहिलेसम्म जिउँदो रहँदा यो ओसारपसारको थलो कायम रहेको अड्कल गरिन्छ । यसबाहेक मकवानपुर, सिन्धुपलाञ्चोक र सिन्धुलीतिरबाट चोरबाटो अपनाउँदै चुरे काछ कटेर भारतीय सीमा नजिक पुग्न महोत्तरीरसर्लाहीको भूगोल छोटो र सजिलो मानेर पनि यो धन्दामा लागेकाले ओसारपसारको थलो यहाँ बनाएका हुनसक्ने सुरक्षा अधिकारीको आंकलन छ ।

नेपालका पाहाडी जिल्लाका वनपाखामा उत्पादित गाँजा बाहिर पठाउन मात्र नभइ भारतीय बजारबाट लागुऔषधयताका विभिन्न ठाउँमा पुर्‍याउन पनि महोत्तरीको भारतीय सीमावर्ती नाका बाक्लै प्रयोग भएको घटनाले देखाएका छन् ।

जिल्लाको उत्तरी मुख्य व्यापारिक केन्द्र बर्दिबास नगरक्षेत्र लागुपदार्थ दुव्र्यसनीको अड्डा बन्दै गएको यहाँका सामाजिक अगुवाले चिन्ता जताउँदै आएका छन् । लागुपदार्थको दुव्र्यसन र यसको ओसारपसार रोक्न प्रहरीको एक्लो प्रयत्न पर्याप्त नहुने प्रनाउ गिरी बताउनुहुन्छ । स्थानीय तह, घरका अभिभावक, विद्यालयका शिक्षक, सामाजिक सङ्घ संस्थाका कार्यकर्ता र नागरिक समाजका प्रतिनिधिले लागुपदार्थ दुव्र्यशन र ओसारपसारविरुद्ध सचेतना अभियानमा सचेततापूर्वक जोडिन आवश्यक रहेको उहाँको भनाइ छ । रासस