७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुर्तेलको आक्रमक ब्याटिङमा नेपालले सिंगापुरलाई आठ विकेटले हरायो- फोटो फिचर



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा कुशल भुर्तेलको आक्रमक ब्याटिङमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको छ ।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर आफ्नो लक्ष्य पुरा गर्यो । नेपालको लागि कुशल भुर्तेलले शानदान अर्धशतक बनाए । उनले २७ बलमा ६ चौका र २ छक्काको सहयोगमा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं अर्धशतक बनाए । भुर्तेलले ४८ बलमा ८ चौका र दुई छक्का प्रहार गर्दै ७४ रन बनाउदै आउट भए ।

यस्तै तेस्रो स्थानमा आएका कप्तान रोहित पौडेलले २ चौका र २ छक्कासहित ३५ रन बनाउदै नटआउट रहे । चौथो स्थानमा आएका कुशल मल्लले एक छक्का प्रहार गर्दै नेपाललाई जिताए ।

ओपनर आसिफ शेख २६ बलमा २ चौका र एक छक्कासहित २७ रन बनाएर आउट भए । पहिलो विकेटको लागि कुशल भुर्तेल र आसिफले ८४ रनको साझेदारी गरेका थिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाए । त्यस्तै आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे ।

नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई/दुई विकेट लिए ।

अब नेपालले दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।

फोटो- क्यान