सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्ने भएको छ । पार्टीले सरकारलाई दिदै आएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज बस्ने प्रदेश शभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले शाही बिरुद्ध मतदान गर्ने तयारी गरेको हो । ३९ सदस्य रहेको कर्णाली प्रदशेमा एमालेका २० सांसद रहेका छन् ।
यसै गरी माओवादीसँग १२, काँग्रेससँग ६ र राप्रपासँग एकजना सांसद रहेको छ । बहुमतका लागि २० सांसद आबश्यक पर्छ जुन एमाले संग स्पष्ट रुपमा रहेको छ ।
मुख्यमन्त्री शाहीले बिश्वासको मत प्राप्त गर्न नसके नेकपा एमाले संसदीयदलका नेता कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ ।











