४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

पुस्तक समीक्षाः “सेक्सपियरको आँगन”बाट बेलायत चियाउँदा

पुस्तक समीक्षाः “सेक्सपियरको आँगन”बाट बेलायत चियाउँदा
अ+ अ-

“सेक्सपियरको आँगन”, यात्रा–निवन्धसङ्ग्रह हो । यसको शीर्षकबाट नै यो यात्रा इङ्ल्यान्डको हो भन्ने अनुमान गर्न सकिन्छ । किनभने सेक्सपियर विश्वका एक महान साहित्यकार हुन् जसको जन्म इङ्ल्यान्डस्थित हेनले स्ट्रिट स्टार्टफोर्ड अपन एभन वरविकसायरमा भएको थियो । उनकै घर आँगनको तस्वीर पुस्तकको आवरण पृष्ठमा सजाइएको छ ।

साहित्यकार विनोद साधकका यसअघि अनुभूति (कथा सङ्ग्रह), अल्झिएको मन (गीत, कविता सङ्ग्रह) र मुक्तियात्रा (यात्रा–निवन्ध सङ्ग्रह) जस्ता पुस्तकहरु प्रकाशन भइसकेका छन् । यो पुस्तक उहाँको चौथो साहित्य कृति हो । वि.सं. २०१२ मा जन्मनु भएका साधक पूर्णकालीन समय बिताएर नोकरीबाट अवकाश हुनु भएको छ भने विगत २२ वर्षदेखि नमूना मच्छिन्द्र क्याम्पस, लगनखेल, ललितपुरमा अध्यापन गर्दै आउनु भएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनाचार्य (एमपिए) सम्मको शिक्षा हासिल गर्नु भएको छ ।

सृजनशील स्वभाव हुनु भएका साधकमा नोकरी, समाजसेवा, अध्यात्म चिन्तन, नेपाली साहित्य तथा अध्यापनतर्फ अनुभव छ । आकर्षक आवरणपृष्ठ तथा पुस्तकभित्र रहेका भ्रमणका रङ्गीन तस्वीरहरुले पुस्तकलाई सुन्दर बनाइदिएको छ । पुस्तकलाई चार भागमा विभाजन गरिएको छ । पहिलो भागमा संयुक्त अधिराज्य (युके) को परिचय, साधक दम्पतीको पहिलो र दोस्रो लन्डन यात्रासँग सम्बन्धित लेखहरु छन् ।

दोस्रो भागमा भ्रमण गरिएको पैंतीस वटा ऐतिहासिक तथा धार्मिक स्थलहरुको बारेमा राम्रो जानकारी पाइन्छ । बकिङघम प्यालेस जहाँ हालका महारानी एलिजाबेथ द्वितीया रहनु हुन्छ । विन्डसर कासल (किला), यो इङ्ल्यान्डको वर्कसायर काउन्टीको विन्डसर नाम भएको स्थानस्थित एक शाही किला (दरबार) हो । यी लगायत इङ्ल्यान्डका सुप्रसिद्ध स्थानहरु, पार्क, विद्यालय, हिन्दु मठमन्दिर, बजार, सडक, नेपाली चाडपर्वको विदेशमा महत्वका बारेमा साधकले मिहिन तरिकाले वर्णन गर्नु भएको छ ।

यस सङ्ग्रहमा साधकले सेक्सपियरको सम्झनामा उनकै आँगनमा वाचन गर्नु भएको कविता पनि समावेश गर्नु भएको छ । पुस्तकभित्र पारिवारिक र इष्टमित्र, नातेदारका गतिविधिलाई ठाउँठाउँमा समेटेर यात्रा स्मरणलाई  भिन्न शैलीमा प्रस्तुत गर्न खोजेको देखिन्छ । समग्रमा “सेक्सपियरको आँगन” नामक यात्रा–निवन्धसङ्ग्रह पुस्तक निकै सूचनामूलक, पठनीय र सङ्ग्रहणीय छ । पुस्तकको मूल्य रु ३००।– राखिए पनि पुस्तकको गुणस्तर, तस्वीरहरुले मूल्यलाई न्याय गरेको पाइन्छ ।

कृतिः सेक्सपियरको आँगन
विधा : यात्रा–निवन्ध सङ्ग्रह
लेखक : विनोद साधक
मूल्य : रु. ३००।–
जम्मा पृष्ठ : १२४
प्रकाशक : विराटसिंह खडका
मुद्रण : राजमति प्रेस, ललितपुर
–––