४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

नेपालको सिमानासँग जोडिएको उत्तर प्रदेशमा आइतबारदेखि लकडाउन घोषणा

नेपालको सिमानासँग जोडिएको उत्तर प्रदेशमा आइतबारदेखि लकडाउन घोषणा
अ+ अ-

एजेन्सी । भारतको उत्तर प्रदेशमा कोरोना संक्रमण बढ्न थालेपछि आइतबारदेखि लकडाउन हुने भएको छ । दैनिक तीब्र गतीमा कोरोना संक्रमण बढेपछि उत्तर प्रदेश सरकारले अत्यावश्‍यक सेवा बाहेकका सवारी आवागमनमा रोक लगाउने, बजार पसल बन्द गराउने घोषणा गरेको हो ।

यस्तै उत्तर प्रदेश पूर्ण रुपमा बन्द गर्नुका साथै मास्क नलगाइ हिड्‍नेलाई पहिलो पटक १ हजार रुपैयाँ जरिवाना गर्ने र त्‍यसपछि फेरि समातिएमा १० हजार जरिवाना तिर्नु पर्ने बताइएको छ ।

यसअघि उत्तर प्रदेश सरकारले बिहीबार १५ मेसम्‍म सबै स्कुल बन्‍द गर्ने घोषणा गरेको थियो । साथै राज्‍यको बोर्ड परीक्षा पनि रद्द भएको थियो । भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च संख्यामा संक्रमित थपिदै आएका छन् । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्र थप २ लाख १६ हजार ८५० नयाँ संक्रमित थपिएका छन् ।

यसरी एकैदिन यति उच्च संख्यामा संक्रमित थपिएको यो कोरोना महामारी सुरु भएयताकै उच्च रहेको छ । गत २४ घण्टाकै अवधिमा भारतमा यसको संक्रमणबाट १ हजार १८३ जनाले ज्यान गुमाएका छन् ।