१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

आठ मन्त्रीको नियुक्तिसँगै प्रदेश १ मा मन्त्रालयको सङ्ख्या १३ पुग्यो

आठ मन्त्रीको नियुक्तिसँगै प्रदेश १ मा मन्त्रालयको सङ्ख्या १३ पुग्यो
अ अ+ अ-

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद् विस्तार गर्दै आइतबार आठ जना मन्त्री नियुक्त गरेका छन् । उनीहरुको शपथ ग्रहणको तयारी भइरहेको बताइएको छ । मुख्यमन्त्री राईले माओवादी केन्द्रका उपनेता रामकुमार राईलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा तथा सोही पार्टीका प्रमुख सचेतक झलकबहादुर मगरलाई कृषिमन्त्रीमा नियुक्त गरेका छन् ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट राजन राई सामाजिक विकासमन्त्री, खिनु लङ्वा लिम्बू पर्यटन तथा संस्कृतिमन्त्री र उपेन्द्र घिमिरे सूचना, यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेसबाट शेखरचन्द्र थापा वन, वातावरण तथा भूसंरक्षणमन्त्री ओमप्रकाश सरावगी उद्योग, श्रम तथा रोजगारमन्त्री र प्रकाशप्रताप हाङ्गाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् ।

आइतबार सत्तारुढ पाँच दलीय सरकारले मन्त्रालयको सङ्ख्या ७ बाट १२ बनाउने निर्णय गरे पनि एक मन्त्रालय थप गरेर मन्त्रालयको सङ्ख्या १३ पुर्याएको छ ।