४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

प्रधानसेनापति शर्मा, प्रधानन्यायाधीश श्रेष्ठ चीन जाँदै

प्रधानसेनापति शर्मा, प्रधानन्यायाधीश श्रेष्ठ चीन जाँदै
अ+ अ-

काठमाडौं । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र प्रधान सेनापति प्रभुराम शर्माले केही दिनभित्रै चीन भ्रमण गर्न लाग्नु भएको छ ।

परराष्ट्र स्रोतका अनुसार प्रधानसेनापति शर्मा अक्टोबर २८ (कात्तिक १०) मा चीन भ्रमणमा जाने तयारी भएको छ ।

चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोेहमा सहभागी हुन त्यसतर्फ जाने हुनुभएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रधान सेनापति शर्माको भ्रमण लगत्तै प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ चीन जानु हुनेछ । प्रधान न्यायाधीश फर्के लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलका पुत्र चिन्तन पौडेल हङकङ हुँदै चीन जाने तयारी भएको स्रोतले जानकारी दिनुभयो ।

प्रधान सेनापति शर्माले एक महिनाकै अन्तरालमा भारत र बेलायतको भ्रमण गरिसक्नु भएको छ । हाल उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीनको बेल्ट एन्ड रोड (बिआरआई) को सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहनु भएको छ । यद्यपी मन्त्री नारायणकाजी मुटुमा समस्या आएपछि बेइजिङमा उपचारात हुनुहुन्छ ।

गत असोज महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एसियाडको उद्घाटन समारोहमा सहभागी हुन चीन जानु भएको थियो । उहाँले आठ दिन चीनमा रहँदा राष्ट्रपति सी चिनफिङ, चीनका प्रधानमन्त्रीसँग उच्चस्तरीय भेटघाटका साथै कैलाश मानसरोबर सहित चीनका विभिन्न स्थानको भ्रमण गर्नु भएको थियो ।

केही समयदेखि नेपालका मन्त्री, विभिन्न निकायका पदाधिकारीहरु तथा राजनीतिक दलका प्रतिनिधिमण्डलहरुले चीनको नियमित अन्तरालमा भ्रमण गरिरहेका छन् । चीनका हरेकजसो शहरमा अहिले कुनै न कुनै प्रतिनिधिमण्डल घुमिरहेको समाचार प्राप्त भइरहेका छन् ।