४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

विश्वको कुनै पनि शक्तिले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई रोक्न सक्दैन् -झलनाथ खनाल

विश्वको कुनै पनि शक्तिले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई रोक्न सक्दैन् -झलनाथ खनाल
अ+ अ-

नयाँ, समतामूलक, समृद्ध र प्रगतिशील विश्व व्यवस्थाको लागि एक महत्वपूर्ण परिघटनाको रूपमा रहेको यो ऐतिहासिक सम्मेलनलाई पूर्वप्रधानमन्त्रीको रूपमा तपाईंहरू सबैलाई नेपालको तर्फबाट अभिवादन गर्न पाउँदा निकै खुशी लागेको छ ।

यो नयाँ विश्व व्यवस्थाको यात्रा आजभन्दा ठीक १० वर्ष पहिले महामहिम राष्ट्रपति सी चिनपिङद्वारा घोषणा गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ पश्चात् सुरु भएको थियो । सो ऐतिहासिक पहलकदमीले विश्वमा रहेका विभिन्न देशहरू र जनता जनताबीचको आपसी सहयोग र सहकार्यको नयाँ अवधारणा सुरु गरेको थियो । साथै, सो पहलकदमीले प्राचीन सिल्क रोड र सामुद्रिक सिल्क रोडलाई पुन: आविष्कार पनि गरेको थियो, जसले हिजो इतिहासमा विश्वभर विकसित भएका विभिन्न सभ्यताहरूलाई एकआपसमा जोडेको थियो ।

यस पहलकदमीले विश्वभरका जनताहरुलाई एकआपसमा व्यापार गर्न, एकआपसका मूल्यमान्यताहरूबाट सिक्न र आपसी सम्बन्ध र सहयोगलाई प्रवर्द्धन गर्न अभुतपूर्व अवसर प्रदान गरेको छ ।

यो ऐतिहासिक पहलकदमीले नेपाल र चीन सरकार र दुई देशका जनताहरू बीचको औपचारिक सम्बन्धको परिचय दिएको छ । नेपाल र चीनको औपचारिक सम्बन्ध करिब १६०० वर्ष पुरानो रहेको पाइन्छ र यसलाई ऐतिहासिक कालखण्डमा सिल्क रोडको एउटा शाखा चामा गुडाओ (चिया हर्स रोड) द्वारा स्थापित सम्बन्धको रूपमा स्मरण गर्ने गरिएको छ ।

महामहिमहरु,

सिल्क रोड प्रणालीले हिजो स्थापित गरेको विश्व सम्बन्धको उचाइलाई पश्चिमा सांस्कृतिक अहंकारवाद, जातिवाद, उपनिवेशवाद र साम्राज्यवादले ध्वस्त पारेको थियो । आज चीनले अगाडि सारेको बीआरआईले विश्वभर रहेका मानिसहरुको मानवता र समावेशी आर्थिक सहयोगको साझा भविष्यको परिकल्पनालाई पुनः फिर्ता ल्याएको छ‌ ।

समस्त दक्षिणको उदय र बीआरआईको विश्वव्यापि विस्तारले विभिन्न राष्ट्र, देश र जनताहरूबीचको नयाँ शान्तिपूर्ण सम्बन्ध, साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात समेत गरेको छ । सिल्क रोडको पुन:आविष्कारको रूपमा आएको बीआरआईले विश्वमा रहेका विभिन्न सभ्यताहरू एकआपसमा सहकार्य गर्छन र सहअस्तित्वमा बाँच्छन्,‌ साथै एकअर्कालाई रूपान्तरण समेत गर्छन्, तर तिनीहरू बीच कुनै विरोधाभास हँदैन् भन्ने सत्यलाई समेत स्थापित गरेको छ ।

केही पश्चिमा साम्राज्यवादी र आधिपत्यवादी शक्तिहरू आज पनि बीआरआईको विकास र विस्तारको विरोध गर्न चाहन्छन् । तर विश्वको कुनै पनि शक्तिले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई रोक्न सक्दैन् । यो पहलकदमीले विश्वभरका जनताहरुमा आर्थिक समृद्धि र विभिन्न सभ्यताहरूको सहअस्तित्वको साझा भविष्यसहितको सुन्दर संसार स्थापनाकोलगि नयाँ आशा जगाएको छ ।

हाम्रो मुलुक नेपालपनि यस ऐतिहासिक पहलकदमिको एक हिस्सा भएको छ र बीआरआई मार्फत विश्वजगतसँग जोडिन पाएकोमा नेपालले गर्व महसुस समेत गरेको छ ।

अन्त्यमा हाम्रो प्यारो जीवित ग्रहमा एउटा नयाँ, समृद्ध र साझा मानव सभ्यताको विकास र स्थापना छिट्टै हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दै, मेरा विचारहरु धैर्यतापूर्वक सुन्नुभएकोमा तपाईंहरु सवैलाई धन्यवाद दिन चाहन्छु ।

पूर्वप्रधानमन्त्री, नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता तथा विदेश विभाग प्रमुख  झलनाथ खनालले हिजो चीनले आयोजना गरेको अन्तराष्ट्रिय सहकार्यको लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) को जनता जनता बिचको आपसी सहकार्य (People to People Connectivity) भन्ने थेमाटिक फोरमलाई गर्नुभएकाे सम्बोधन