२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

परीक्षण गर्यो भने ५० प्रतिशतमा कोरोना संक्रमण, रोकथामको तयारी छैन्



अ+ अ-

काठमाडौं । छिमेकी भारतमा कोरोना संक्रमणको दोस्रो लहरले स्वास्थ्य प्रणाली नै ध्वस्त बनाइदिएको छ। संक्रमित आफैं अक्सिजन सिलिन्डर बोकेर अस्पताल पुग्न थालेका छन्। नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा पनि संक्रमण तीव्र छ। प्रदेश २ मा कोरोना संक्रमणको पहिलो लहरमा अधिकतम २० प्रतिशत नमुनामा मात्रै पोजेटिभ देखिन्थ्यो। अहिले परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण देखिएको छ।

निर्देशक झाका अनुसार पहिलो लहरमा संक्रमण फैलिएको स्थानबाट आउनेलाई क्वारेन्टिनमा राखिन्थ्यो अहिले सीधै घर जान्छन्, समुदायमा जान्छन्। भारतबाट फर्किने पनि सीधै घरमा गइरहेका छन्। अहिले परीक्षण गराउन अस्पताल पुग्ने प्रायः कडा लक्षण देखापरिसकेका मात्रै छन्। ‘कोरोना संक्रमण वृद्धिको दरले समुदायमै संक्रमण फैलिसकेको पुष्टि हुन्छ,’ झाले भने। वैशाख मध्यबाट संक्रमितको संख्या अझ धेरै हुने अनुमान छ।

गत वर्षको साउन महिनामा यस प्रदेशमा संक्रमण भयावह अवस्था थियो। वैशाख मध्यमा अघिल्लो साउनको झल्को दिने गरी संक्रमण बढ्ने स्वास्थ्य विज्ञहरूको प्रक्षेपण छ। प्रदेश २ मा दैनिक संक्रमितको संख्या बढिरहँदा रोकथाम र नियन्त्रणका लागि सरकारी तयारी भने शून्य देखिन्छ। सघन बसोबास भएको यस प्रदेशको जनसंख्या ६० लाख प्रक्षेपण गरिएको छ। प्रदेश सरकारले अहिलेसम्म कोभिड डेडिकेटेड अस्पताल व्यवस्थापन गर्न सकेको छैन।

मुख्यमन्त्री लालबाबु राउतले मातहतका मन्त्रालयलाई छिटो अस्पताल र उपचारात्मक बन्दोबस्त मिलाउन निर्देशन दिएका छन्। संक्रमणको पहिलो लहरका बेला सञ्चालनमा ल्याइएका आइसोलेसन सेन्टरहरू संक्रमित घट्दै गएपछि बन्द भए। जिल्ला अस्पतालहरूले पनि आफ्नो आइसोलेसन सेन्टरहरू बन्द गरे।नागरिक दैनिकमा समाचार छ ।