७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

दसैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता

दसैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता
अ+ अ-

धुलिखेल । दसैँं र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुन: स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको छ ।

युवा पुस्ताको रोजाइमा नपरेका कारण पछिल्ला वर्षमा चङ्गा उडाउने परम्परा लोपहुँदै गएकाले बनेपास्थित रोट्राक्ट क्लबले सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

‘चङ्गा उडाऔँ, संस्कृति जोगाऔँ’ भन्ने नाराका साथ बनेपा नगरपालिका–९ मगरगाउँमा आगामी कात्तिक ४ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । अहिलेकोे युवा संस्कति बचाउनभन्दा पनि घुम्ने र खानपानमै रमाइलो मान्ने गर्दा यस्ता परम्परा लोपहुँदै गएकाले संरक्षण गर्न र युवा पुस्तामा यसको महत्व बुझाउन पनि महोत्सव आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रोभेन तौजलेले बताउनुभयो ।

“दसैँमा चङ्गा उडाउनभन्दा रमाइलो गरेर बस्ने युवापुस्ता बढ्दैछ ।” उहाँले भन्नुभयो, “विगत एकदशक अगाडिसम्म दसँैं तथा तिहारमा बालबालिकादेखि युवायुवतीले मनोरञ्जनका रूपमा चङ्गा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा संस्कृतिको प्रभावका कारण लोप हुन थालेको छ ।” अहिले पहिलेको जस्तो चङ्गा उडाउने ठाउँ पनि पर्याप्त नभए पनि उतिबेलाका घरको उचाइ पनि उस्तैउस्तै हुने हुँदा चङ्गा उडाउन सजिलो थियो तर पछिल्लो समय खुल्ला स्थान अभाव र सहरीकरणका कारण चङ्गा उडाउने संस्कृति हराउँदै जान थालेकाले युवा पुस्तामा यसको महत्व बुझाउन आवश्यक देखिएको उहाँले बताउनुभयो ।

लोप हुन थालेको संस्कृति जगेर्ना गर्ने उद्देश्यले बनेपाका युवाले करिब दस वर्षदेखि चङ्गा चैट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका संयोजक तथा क्बलका सेक्रेटरी सदिक्षा धितालले बताउनुभयो । यस पटक पनि नेपालीको महानचाड दसँैंको उपलक्ष्यमा फूलपातीका दिन प्रतियोगिता गर्न लागिएको उहाँले बताउनुभयो ।

अहिलेका बालबालिकाको ध्यान मोबाइल, कम्प्युटर, ल्यापटपलगायत बैकल्पिक मनोरञ्जनका माध्यमतिर जाँदा चङ्गाको आकर्षण घटेको हो । पहिले पहिले सहर बजारका किराना पसलदेखि तरकारी पसलसम्म पाइने चङ्गा अहिले बजारका केही सीमित पसलमा मात्र भेटिने गरेको सम्बद्ध व्यक्तिले बताए । अझ लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्ने अवस्था आइसकेको छ । यसअघि तीन पटकसम्म बेष्ट प्रोजेक्ट जितेको रोट्राक्ट क्लबले घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले चङ्गा र लटृाईको स्टलसमेत राख्ने जनाएको छ । रासस