२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलबाट थप १९ जना नेपाली फर्किँदै, भारतीय विमानमार्फत ल्याइने



अ+ अ-

काठमाडौँ । सरकारले इजरायलबाट नेपाल फर्कन चाहने थप १९ जनाको उद्धार गरेको छ ।

इजरायलमा विद्रोही समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले भारतीय जहाजमार्फत् उद्धार गरेको हो ।

परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ’, उनले भने ।

तेल अभिभको स्थानीय समयअनुसार बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलबाट नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठ नेपाल फर्कन लागेका हुन् ।

उनीहरुलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने तयारी गरिएको मन्त्री साउदले बताए । नयाँ दिल्लीस्थित नेपाली दूतावासले उनीहरुलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याउने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको छ।

उनीहरू मङ्गलवार बेलुकी ६/७ बजेसम्म नयाँ दिल्ली आईपुग्ने बताइएको छ ।