२२ असार २०८३, सोमबार
,
Latest
बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनोभ्याक खोप कोरोना भाइरसबाट हुने मृत्युलाई रोक्न ८० प्रतिशत प्रभावकारीः चिली



अ+ अ-

सान्टियागोः चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपले कोरोना भाइरसबाट हुने मृत्युलाई रोक्न ८० प्रतिशत प्रभावकारी देखिएको चिली सरकारले जनाएको छ । 

सिनोभ्याक खोप कोभिडका लक्षणयुक्त सङ्क्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको, अस्पताल भर्ना रोक्न ८५ प्रतिशत सफल देखिएको तथा कोभिडका बिरामीलाई सघन उपचार कक्षमा भर्ना हुनबाट रोक्न ८९ प्रतिशत सफल रहेको शुक्रबार सार्वजनिक गरिएको अध्ययनले देखाएको छ । 

चिलीमा सिनोभ्याक खोपको नमूना परीक्षणलाई सफल तुल्याउने चिलीका उप व्यापार मन्त्री रोड्रिगो यानेजले सञ्चारकर्मीसँग कुरा गर्दै चिली सरकारले सिनोभ्याकसँग गरेको सम्झौता उपयुक्त रहेको प्रमाणित भएको छ भन्नुभयो ।

दक्षिण अमेरिकी मुलुक चिलीमा हालसम्म करिब ११ लाख ३१ हजार मानिस कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने २५ हजार २७७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्री एनरिक पेरिसले नियमित पत्रकार सम्मेलनमा अघिल्लो साता कोभिडका बिरामीको संख्यामा ५ प्रतिशतले कमी आएको जानकारी दिनुभयो ।