काठमाडौं । त्रिकोणात्मक टी- २० सिरिज अन्तरगत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेलमा नेदरल्यान्ड्सका बेन कुपरले अर्धशतक बनाएका छन् ।
उनले ३२ बलमा ९ चौका प्रहार गर्दै ५१ रन जोडेका हुन् ।
नेपालले दिएको २०७ रन पछ्याएर जवाफमा ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले यो समाचार तयार पार्दासम्म २ विकेटको क्षतिमा १३३ रन बनाएको छ ।











