४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

त्रिदेशीय टी-२० सिरिजः नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित

त्रिदेशीय टी-२० सिरिजः नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित
अ+ अ-

काठमाडौं । नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउँदै पाहुना टोली नेदरल्यान्ड्स राजधानीमा जारी त्रिकोणात्मक शृखंलाको फाइनल नजिक पुगेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालले निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर दिएको २ सय ७ रनको लक्ष्य तीन बल बाँकी छँदा भेटाउँदै शृखंलाको फाइनल नजिक पुगेको हो । पहिलो खेल नेपालसँग पराजित भएको नेदरल्यान्ड्सले तीन खेलबाट दुई खेलमा जित निकाल्दै फाइनल यात्रालाई बलियो सम्भावना बनाएको हो ।

नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सका बास डि लिडेको अविजित ८१ रनको व्यक्तिगत स्कोर महत्वपूर्ण रहयो । मध्यक्रममा ब्याटिङमा आएको लिडेले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै नेदरल्यान्ड्सलाई जित दिलाउन सफल भएका हुन । 

मलेशियाविरुद्धको खेलमा सतकीय पारी खेलेका म्याक्स ओ डोड ९ रनमा पवेलियन फर्किदाँ बेन कुपरले ५५ रनको अर्धसतकीय इनिङ खेले । टोविस भिसे १५ रनमा आउट हुँदा कप्तान पिटर सिलारले १५ बलमा ३१ रनको व्यक्तिगत स्कोर बनाए । नेदरल्यान्ड्सको ७ विकेट निकाल्दा नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने करण केसी, अविनाश बोहोरा र कुशल मल्लको नाममा एक/एक विकेट रह्यो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेलेर २ सय ६ रन जोडेको थियो । अघिल्ला दुई खेलमा अर्धसतकीय इनिङ खेलेका कुशल भुर्तेलले तेस्रो खेलमा पनि अर्धसतकीय इनिङलाई निरन्तरता दिए । ४६ बलको सामना गरेको कुशलले ८ चौका र १ छक्का प्रहार गर्दै व्यक्तिगत ६२ रनको योगदान गरेका थिए । 

अर्का ओपनर आशिफ शेख भने शून्यमा पवेलियन फर्किए । त्यसपछि ब्याटिङमा आएका ज्ञानेन्द्र मल्ले २० रन जोड्दा उपकप्तान दिपेन्द्र सिंह ऐरीले ६० रनको पारी खेल्दै नेपालको इनिङलाई  सम्हालेका थिए । कुशल मल्ल १८ रन जोड्ने क्रममा बाउन्ड्री लाइनमा क्याच हुँदा सोमपाल कामी २१ रनमा अविजित रहेका थिए ।

नेपालको ६ विकेट निकाल्न नेदरल्यान्ड्का पिटर सिलार र विविअन किङ्गमाले समान २/२ विकेट लिए । त्यस्तै बास डे लीड, आर्यन दत्तले १/१ विकेट आफ्नो नाममा लेखाए । शृखंलामा बुधबार नेदरल्यान्ड्स र मलेशियाबीच दोस्रो खेल हुनेछ ।