८ असार २०८३, सोमबार
,
Latest
नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टेरियर डिजाइनहरुको प्रदर्शनी तथा प्रतिष्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ शुरु



अ+ अ-

काठमाडौँ । इन्टेरियर डिजाइनहरुको प्रदर्शनी तथा प्रतिष्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’ शुरु भएको छ ।

बिहीवार ललितपुरमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा इन्टेरियर डिजाइनहरुको प्रदर्शनी तथा प्रतिष्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’को उद्घाटन भएको हो ।

एक्स्पो उद्घाटन ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले आफूलाई नयाँ काम धेरै मन पर्ने बताउनु भयो । उहाँले नयाँ र नौलो काम गरेकैले मुलुकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मेयर ललितपुर भ्रमण गर्न आउने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई नयाँ नयाँ काम मन पर्छ । नयाँ नौलो काम गरेकै कारणले होला । मुलुकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मेयर सावहरु यहाँ हेर्नका लागि आउनु हुन्छ । मेरो अफिसमा आउनुहुन्छ । कसरी गर्नुभयो भनेर सोध्नुहुन्छ । म दिल खोलेर सिकाइदिन्छु ।’

मेयर महर्जनले एक्स्पोबाट आफू प्रभावित भएको बताउनु भयो ।