४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

पार्टीले सांसद पदबाट हटाउनेगरी कारबाही गरे अदालत जानेछौँ — नेतृ झाँक्री

पार्टीले सांसद पदबाट हटाउनेगरी कारबाही गरे अदालत जानेछौँ — नेतृ झाँक्री
अ+ अ-

काठमाडौं । नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउनेगरी कारबाही गरे अदालत जाने बताउनुभएको छ ।

पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु मंगलबार काठमाडौंको बानेश्वरमा आकस्मिक रुपमा भेला भई छलफल गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधाकि तरिकाले बसेको बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधिएको र सोही अनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानूनी लगाई लडने बताउनु भएको हो । 

पार्टीबाट सांसद पद हट्नेगरी कारबाही गरिए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै नेतृ झाँक्रीले अदालतमा जाने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको बताउँदै आफूहरुमाथि कारबाही भए त्यसको विरुद्धमा पनि अदालत जाने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी संसदीय दलभित्र लडछौं, अदालतसम्म पुग्छौं किनभने प्रतिनिधिसभा पुनस्थापनाको मुद्दापनि हामी अदालतमा गएर प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेजी गराएको हो नी त ।’
नेतृ झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानून र संविधान अनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यत्तिगत तवरबाट जवाफ पठाउने बताउनुभयो । उहाँले भन्नुभयो ‘कुनै यो स्पष्टीकरण दिन लायक स्पष्टीकरण होइन । तर हामी स्पष्टीकरण दिएनौं भने हामीले आफ्नो प्रतिरक्षा नगरेको हुन्छ । त्यसकारण कानुनतः, संविधानतः हामीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ ।’

नेतृ झाँक्रीले आफूहरुले २०७५ जेठ ३ गते अगाडिको नेकपा एमालेलाई चिन्ने तर गत फागुन २८ गते थपिएका जम्बोरी मान्छे सहितको नेकपा एमाले नचिन्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी फागुन २८ गते थपेका जम्बोरी मान्छे सहितको बैठकै चिन्दैनौं नी । त्यो नेकपा एमाले चिन्दैनौं । हामीले २०७५ जेठ २ गते अगाडि, ३ गतेको एकता पूर्वको एमाले, त्यसका पदाधिकारी, त्यसका कमिटी, देशभरीको संरचना, जनसङ्गठन त्यसलाई चिन्छौं र त्यसको बैठक बस्यो भने हामी जान्छौं । त्यो भन्दा यताको हामीलाई अमान्य हुन्छ ।’

नेतृ झाँक्रीले नयाँ दल गठन गर्ने आफूहरुको कुनै मनसाय नरहेको पनि स्पष्ट पार्नुभएको छ । दल गठन गरेको भन्ने हो भने दलको संरचना हुनुपर्ने, दलको नाम हुनुपर्ने र दर्ता भएको हुनुपर्ने कुरालाई पार्टी अध्यक्ष ओलीले ख्याल गरेको हुनुपर्ने पनि बताउनुभयो । अध्यक्ष ओलीको इच्छा पार्टीबाट छोडेर जाउन भन्ने रहेको तर आफूहरु एमाले भित्रै लडेर आफ्नो अधिकार स्थापित गर्ने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो ‘दल गठन भएको हुनका लागि प्रधानमन्त्रीले कानून विधिलाई नै फलो गर्नुपर्छ होला । त्यसकारण दल गठन हुनको लागि दलको संरचना हुन प¥यो, नाम हुनप¥यो, दर्ता हुनप¥यो, त्यसको प्रक्रिया विधि सबै हुनुपर्छ । हामी त्यस्तो गर्ने मनसायमा पनि छैनौं । यो नेकपा एमालेमा अरु कसैको भन्दा हाम्रो कम योगदान छैन बन्नको लागि । आज जनताको, नागरिकको, मतदाताको, पार्टीका सदस्यहरुको रगत पसिनाद्धारा निर्मित भएको पार्टी हामी खुरुखुरु कसैलाई छोडेर जान्छौं । त्यसकारण उहाँहरुको इक्षा त हामी छेडेर जाऔं भन्ने नै छ । तर हामी छोडेर जान्नौं । यहिं लडछौं । त्यसकारण हामीले अर्को पार्टी बनाउने भन्ने कुरै आउँदैन । यही पार्टीमा लडेर हाम्रो अधिकार स्थापित गर्ने हो ।’

पार्टी अध्यक्ष ओलीमा आफुहरुलाई कारबाही गर्ने अधि कार नरहेको पनि नेतृ झाँक्रीले बताउनुभयो । अध्यक्ष ओलीले गठन गरेको नेकपा एमालेको कमिटी नै विधिसम्मत नभएको पनि बताउनुभयो । आफूहरु सहितको केन्द्रीय कमिटीले गरेका निर्णयहरु मान्य हुने तर अवैधानिक तवरले ल्याइएका मान्छेहरु सहितको केन्द्रीय कमिटीले गरेको निर्णय पनि अवैधानिक नै हुने बताउनुभयो । अहिले नेकपा एमालेमा राजनीतिक र कानूनी लडाई भइरहेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो ‘उहाँलाई चाहिं यो हामीलाई कारबाही गर्न स्पष्टीकरण सोध्ने अधिकार पनि छैन् । उहाँको कमिटी नै विधिसम्मत छैन एमालेको केन्द्रीय कमिटी । त्यो केन्द्रीय कमिटी हामी सहितको हुनुपथ्र्यो । अवैधानिक मान्छे अवैधानिक ढङ्गले विधान संशोधन गरेर एकलौटी अधिकार आफुमा अन्तरनिहित गराएर पार्टी अध्यक्षले जे गर्नुभएको छ त्यो नै अवैधानिक हो । त्यो अवैधानिक कुराका लागि हामी राजनीतिक प्रतिवाद गर्छौं तर हामी अरु संसदीय दल भित्रको कानूनी लडाई पनि सँगसँगै लडछौं । नेकपा एमाले भित्रको राजनीतिक लडाई हो राजनीतिक हिसाबले प्रतिवाद गर्छौं, नेकपा एमालेको संसदीय दलभित्र चाहिं राजनीतिक पनि हो र कानूनी पनि हो यो दुईवटा लडाई छ र यतापट्टी हामी कानूनी र विधिको लडाई लडछौं ।’