४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै

इजरायली आक्रमणमा छ सय प्यालेस्टिनीको मृत्यु, करिब चार हजार घाइते

इजरायली आक्रमणमा छ सय प्यालेस्टिनीको मृत्यु, करिब चार हजार घाइते
अ+ अ-

इजरायल–प्यालेस्टाइन द्वन्द्वमा गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६८७ र घाइते हुनेहरूको सङ्ख्या तीन हजार ७२६ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ ।

प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार गाजा पट्टीसँग जोडिएका इजरायली शहरहरूमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको थियो ।

आक्रमणका क्रममा हमासका लडाकूले गाजा पट्टीलाई इजरायलबाट छुट्याउने सुरक्षा घेरा तोडेर आसपासका समुदायमा आक्रमण गरी इजरायलीको हत्या गरेको र सयौँलाई कब्जा गरेका थिए ।

यसैबीच जेरूसेलमबाट प्राप्त समाचारमा इजरायलको सरकारी स्वामित्वको कान टिभीले सोमबार दक्षिणी इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ९०० भन्दा बढी पुगेको जनाएको छ । इजरायली सेनाले हमाससँगको युद्धको चौथो दिन इजरायलमा फेला परेका हमास लडाकूका करिब एक हजार ५०० मृत शरीरहरू आफूसँग राखेको मङ्गलबार जनाएको छ ।

इजरायली रक्षा बलका अन्तर्राष्ट्रिय प्रवक्ता रिचार्ड हेक्टले पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा भन्नुभयो, “गाजा पट्टी र वरपरका इजरायली क्षेत्रमा हमास लडाकूका करिब एक हजार ५०० शव फेला परेका छन् ।

हेक्टका अनुसार हमासका लडाकूहरूले शनिबार तोडेको गाजा वरपरको सुरक्षा घेराको क्षेत्रमा सुरक्षा फौजले नियन्त्रण कायम गरेको छ ।

उहाँले तटीय प्यालेस्टिनी भूभाग वरपरको क्षेत्रमा ३५ बटालियन तैनाथ गरिएको बताउनुभयो ।

सीमासँग जोडिएका समुदायका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम लगभग पूरा भइसकेको उहाँले बताउनुभयो ।

इजरायली सरकारी सञ्चारमाध्यम र सशस्त्र समूहका अनुसार इजरायलमा कम्तीमा ९०० जनाको मृत्यु भएको छ भने गाजामा करिब १३० सर्वसाधारण र सैनिकलाई बन्धक बनाइएको छ ।

त्यस्तै, संयुक्त राष्ट्रसङ्घका लागि इरानको स्थायी नियोगले इजरायलविरुद्ध प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) को सैन्य कारबाहीमा इरानको संलग्नता नरहेको बताएको छ ।

इरानी नियोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्यालेस्टाइनी राष्ट्रप्रति ऐक्यवद्धता जनाउन इरान दृढतापूर्वक उभिएको छ । हमासले हालै गरेका निर्णय र उपायहरूको ‘जनताको आत्मनिर्णयको अधिकारको आधारभूत सिद्धान्तमा बलियो जरा गाडेको छ, जुन इजरायलको सात दशकको क्रूर कब्जाको पूर्ण रूपमा वैध प्रतिक्रियाको सङ्केत हो ।”

इजरायली आक्रमणका कारण गाजामा एक लाख २३ हजारभन्दा बढी मानिस आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सोमबार जनाएको छ । इजरायली हवाई आक्रमण र गोलाबारीका कारण घर र आवासीय भवनमा क्षति पुगेको छ भने गाजा शहरमा रहेका चार वटा बहुतले आवासीय भवन ध्वस्त भएका छन् । आक्रमणमा परी छ जना स्वास्थ्यकर्मीको मृत्यु भएको, चार जना घाइते भएको र सात वटा स्वास्थ्य संस्था र नौ वटा एम्बुलेन्समा क्षति पुगेको कार्यालयले जनाएको छ ।

पानी, सरसफाइ सेवाहरूमा भएको क्षतिका कारण गाजामा चार लाखभन्दा बढी मानिसहरूले उक्त सेवा प्राप्त गर्न सकेका छैनन् । गाजा पावर प्लान्ट अहिले बिजुलीको एक मात्र स्रोत हो र केही दिनभित्रै इन्धन समाप्त हुन सक्ने चेतावनी दिइएको छ । सिन्ह्वा