३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

आइफोन १५ किन धेरै तात्छ ? एप्पल यसो भन्छ

आइफोन १५ किन धेरै तात्छ ? एप्पल यसो भन्छ
अ+ अ-

एजेन्सी । एप्पललको पछिल्लो मोडेल आइफोन १५ सिरिज बजारमा आएसँगै कतिपय प्रयोगकर्ताहरुले फोन धेरै तातेको गुनासो गरिरहेका छन् । भर्खरै बजारमा आएको नयाँ आइफोन तातेको गुनासो आउनु एप्पलका लागि सुखद कुरा होइन । त्यसैले यसको कारणको खोजी गर्दै उपभोक्तालाई विश्वस्त बनाउने प्रयास पनि एप्पलले गरिरहेको छ ।

एप्पलका अनुसार आइफोनमा आईओएस १७ अपडेट गर्दा बग फेला पर्नुका साथै अन्य बाह्य एपहरुमा भएको परिवर्तनले सिस्टम ओभरलोड हुँदा आइफोन तातेको हो । आइफोन प्रयोगकर्ताले आफ्नो फोनको सुरुआती सेटअप तथा ब्याकअप राख्ने बेलामा अधिकतम प्रोसेसिङ पावरको प्रयोगका साथै धेरै समय काम गर्नुपर्दा फोन तातेको अनुभव गर्दछन् ।

तर आइफोन १५ मा भने यो समस्या धेरै देखिएको छ । आइफोन १५ सिरिजमा तात्ने समस्या धेरै देखिएको भन्दै प्रयोगकर्ताहरुले सोसल मिडियामा गुनासो गरिरहेका छन् । सुरुआती केही दिन डिभासको सेटअप गर्दा तथा रिस्टोर गर्ने क्रममा ब्याकग्राउण्डका गतिविधिमा वृद्धि हुने भएकाले फोन केही तातेको अनुभव हुनसक्ने एप्पलले जनाएको छ । एप्पलले भनेको छ, ‘हामीले आइफोन अपेक्षाभन्दा धेरै तात्नुका केही कारणहरु पहिचान गरेका छौं ।’

यस्ता कारणहरुमा एउटा एप्पलको पछिल्लो अपरेटिङ सिस्टम आइओएस १७ मा रहेको बग हो भने अर्को आइफोनमा रहेका अन्य थर्ड पार्टी एपहरुमा हुने पछिल्लो अपडेट हो जसले सिस्टमलाई ओभरलोड बनाउने गरेको छ । आफुले ती समस्या समाधानका लागि एप डेभलपर्ससँग सहकार्य गरिरहेको र छिटै नै समस्याको समाधान हुने एप्पलले जनाएको छ ।

आइफोन १५ लाई बढी तताउनमा जिम्मेवार रहेका एपहरुमा सोसल मिडिया प्लाटर्फम इन्स्टाग्राम पनि रहेको छ । त्यस्तै ट्याक्सी खोज्ने एप उबरका साथै भिडियो गेम एस्फाल्ट ९ पनि जिम्मेवार रहेको एप्पलले जनाएको छ ।

साथै आइफोनको तात्ने समस्यालाई सम्बोधन गर्नका लागि आईओएस १७ को बग हटाउने कार्यले फोनको कार्यक्षमतामा भने कुनै असर नपर्ने एप्पलले प्रष्ट पारेको छ ।

त्यस्तै एप्पलले आइफोन १५ प्रो तथा आइफोन १५ प्रो म्याक्सको बाहिरी भागमा राखिएको टाइटानियम फोन तात्नुमा जिम्मेवार नरहेको पनि दाबी ग्रेको छ । त्यस्तै यूएसबी सी पोर्टका कारणले फोन तातेको हुनसक्ने अनुमानलाई पनि उसले खारेज गरेको छ ।

हाल देखिएको आइफोन तात्ने समस्या कुनै सुरक्षाजन्य तथा चोटपटक लगाउने जोखिम भएको विषय नरहेको भन्दै एप्पलले यसले फोनको दीर्घकालीन कार्यक्षमतामा असर नगर्ने एप्पलको भनाई छ ।