२२ असार २०८३, सोमबार
,
Latest
धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरीलाई निर्देशन



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी सङ्गठनमा एउटा प्रणालीको विकास गर्न खोजिरहेको र नेपाल प्रहरीले लागू गरेको कार्ययोजनाअनुरुप प्राप्त जिम्मेवारीप्रति थप सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ । 

कार्यसम्पादन सम्झौताअनुरुप फरार अभियुक्त पक्राउ, हातहतियार बरामद, राजश्व सङ्कलनमा वृद्धिलगायतका गतिविधिमा राम्रो सफलता हासिल गरेको जानकारी दिँदै उहाँले जघन्य अपराध, अवैध लागुऔषधजस्ता आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरी कर्मचारी थप चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँमा आज आयोजित नेपाल प्रहरीको चैतको मासिक प्रगति समीक्षा कार्यक्रममा उहाँले प्रहरी कोभिड–१९ को विषम परिस्थितिप्रति संवेदनशील हुन र नियन्त्रणका उपाय तथा मापदण्डलाई गम्भीरतापूर्वक लिई स्थानीयस्तरमा सङ्क्रमण फैलिनबाट रोक्ने कार्यमा सक्रिय हुन निर्देशनसमेत दिनुभयो । सो क्रममा नेपाल प्रहरीको कार्ययोजना २०७७, कार्य सम्पादन सम्झौता तथा प्रहरी हवल्दार÷प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजनाका बारेमा समेत समीक्षा गरिएको थियो । 

कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले भर्चुअलरुपमा तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधिले कार्यक्रममा उपस्थित भई आआफ्नो कार्यालयबाट गत चैतमा सम्पन्न भएका कार्यसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रस्तुतीकरणमा शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापनका विषयमा समीक्षा गरिएको थियो । 

यस्तै मानव स्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्वद्र्धन, सुरक्षा निकाय तथा अन्य निकायसँगको समन्वय र सहकार्यको प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नवीनतम् कार्यको शुरुआत तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धिबारे विवरण प्रस्तुत गरिएको थियो ।




भर्खरै