२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेभेन समिटको टोलीद्वारा चो यू हिमालको सफल आरोहण



अ+ अ-

काठमाडौं: सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा गएको ११ पर्वतारोहीको टोलीले विश्वकै छैटौं अग्लो चो यू हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहण दलले ८,१८८ मिटर अग्लो यो हिमालको शिखर आज बिहान ४.३० बजे चुमेको सेभेन समिटले जनाएको छ ।

आरोहण दलको नेतृत्व गरका आरोही छाङ दावा शेर्पाले आज बिहान सफलतापूर्वक शिखर चुमेको जानकारी दिनु भएको छ ।

सेभेन समिट ट्रेकका निर्देशक समेत रहेका दावा शेर्पाले ३० वर्षकै उमेरमा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरिसक्नु भएको छ । उहाँ कलिलै उमेरमा यस्तो रेकर्ड राख्ने दोस्रो नेपाली हुनुहुन्छ ।

दावाले यस टोलीले चो यू हिमालबाट फर्के लगत्तै शिशापाङ्गा हिमाल पनि आरोहण गर्ने जानकारी दिनुभयो ।

चो यू हिमाल आरोहणमा सहभागीहरु
१. शेहरोज कासिफ (पाकिस्तान)
२. निमा रिन्जी शेर्पा (नेपाल)
३. पासाङ नुर्बु शेर्पा (नेपाल)
४. मिङतेम्बा शेर्पा (नेपाल)
५. एड्रीयाना ब्राउन्ली (युके)
६. गेल्जी शेर्पा (नेपाल)
७. चेङ् को अर्ह (ताइवान)
८. लाक्पा नुरु शेर्पा (नेपाल)
९. डोरोटा लिडिया (पोल्यान्ड)
१०. एलिना पेकोभा (रसिया)
११. दावा नुर्बु शेर्पा (नेपाल)

तस्वीरः सेभेन समिट