२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाँचबुझ आयोगले सुरु गर्यो सुन तस्करीको छानबिन



अ+ अ-

काठमाडौँ । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम सुरु गरेको छ ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार बुधबार बसेको आयोगको बैठकले केही निर्णयसहित औपचारिकरूपमा काम सुरू गरिएको हो । आयोगले गृह मन्त्रालयको पुरानो भवन परिसरमा कार्यालय स्थापना गरेर काम सुरु गरेको हो ।

आयोगले बिहीबार एक पत्रकार सम्मेलन गरी इलेक्ट्रोनिक सिगरेट (भेप्स) र साउन २ गते ब्रेक सुबाट गरिएको सुत तस्करीलगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझावका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने जानकारी दिएको छ ।

त्यसैगरी सुन तस्करीको पूर्ण नियन्त्रण गर्न विद्यामान कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधार, यसअघिका तस्करीको छानबिन तथा अध्ययन र निष्कर्ष तथा प्रभाव, तस्करीमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धानलगायतमा विषयमा पनि अध्ययन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।