१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी 

परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी 
अ अ+ अ-

काठमाडौं: परराष्ट्र मन्त्रालय मातहतको कूटनीतिक ‘थिंक ट्यांक’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) र नेपाल वातावरण पत्रकार समूह (नेफेज)बीच जलवायु परिवर्तन र जलवायु कूटनीतिका विभिन्न विषयमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । वातावरणका राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दा, दिगो विकास, हरित अर्थतन्त्र, जलवायु शरणार्थीजस्ता राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा प्रतिष्ठान र नेवापसले सहकार्य गर्ने प्रकृतिका भएकाले समझदारी गरिएको हो ।

समझदारीअनुसार यस्ता विषयमा दुवै संस्थाले बहस, छलफल, अन्तरक्रिया र शोध अनुसन्धान गर्ने छन् । सोमबार प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक राजेन्द्र पाण्डे र नेवापसकी अध्यक्ष रोशनी अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । समझदारीअनुसार प्रतिष्ठानले वातावरणको संरक्षण, सम्बर्द्धन, जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरणसम्बन्धी नीतिनिर्माण प्रक्रियामा समूहलाई संलग्न गराउने छ भने समूहले प्रतिष्ठानको नीतिनिर्माण तथा कार्यान्वयन प्रक्रियामा विशेषज्ञहरूको राय उपलब्ध गराएर वा स्वयं संलग्न रही सहयोग गर्नेछ ।

प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक पाण्डेले जलवायुको मुद्दाबाट कुनै पनि देश टाढा रहन नसक्ने बताउँदै उच्चस्तरीय भ्रमणका क्रममा सरकारले यस्ता विषयलाई भ्रमणको एजेण्डा बनाउनुपर्ने बताउनुभयो । ‘कूटनीतिक क्षेत्रका अन्य एजेण्डाका अतिरिक्त जलवायु कूटनीति छुटाउनै नहुने एजेण्डा बनिसकेका छन्, तर उच्चस्तरीय भ्रमणमा यस्ता विषय अझै प्राथमिकतामा पर्न नसकेका बेला समूहसँगको समझदारी महत्वपूर्ण हुने मेरो विश्वास छ’, उहाँले भन्नुभयो ।

सोही अवसरमा बोल्दै नेवापसकी अध्यक्ष अधिकारीले जलवायुको विषय विशुद्ध वातावरणसँग मात्रै जोड्न नमिल्ने उल्लेख गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय अर्थ नीतिमा पनि उत्तिकैै जोडिएको बताउनुभयो । कुनै एक संस्था र सरकारको एक्लो पहलले मात्रै वातावरण र जलवायु कूटनीतिका विषयलाई परिणाममुखी बनाउन नसक्ने भएकाले समूह र प्रतिष्ठानबीच सहकार्य सुरु भएको उहाँको भनाइ थियो ।

सोही अवसरमा नेवापसका उपाध्यक्ष टीका बन्धन, महासचिव सविन शर्मा र सचिव सृष्टि काफ्लेले जलवायु कूटनीतिका विभिन्न विषयमा प्रतिष्ठान र समूहले नियमित छलफल श्रृंखला चलाउने बताउनुभयो । प्रतिष्ठानका स्रोत व्यक्ति मात्रिका पौडेल र सूचना अधिकारी सानुराजा पुरीले दिगो विकास, हरित अर्थतन्त्र, जलवायुका विभिन्न मुद्दाहरुमा दुवै संस्थाका स्रोत व्यक्ति एवम् विज्ञहरुको ज्ञान र अनुभवलाई दिगो सहकार्यमा जोड्ने धारणा राख्नुभयो ।