१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

कोशी सरकारका बारेमा राप्रपाले परिस्थिती अनुसार निर्णय गर्ने

कोशी सरकारका बारेमा राप्रपाले परिस्थिती अनुसार निर्णय गर्ने
अ अ+ अ-

काठमाडौं । राप्रपाले कोशी प्रदेश सरकारको सम्बन्धमा निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

अध्यक्ष लिङ्देनको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कोशी प्रदेश सरकारको सम्बन्धमा उपयुक्त समयमा पार्टीको पदाधिकारीहरूसंग परामर्श गरी पार्टी अध्यक्षले टुंगो लगाउने निर्णय गरेका् प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ९,१० र ११ गते बस्ने निर्णय गरेको छ । यसैगरी बैठकले दैनिक उपभोग्य बस्तुमा भएको चरम मुल्यबृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई‌ ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ । बैठकले मुलुकमा ब्याप्त भ्रष्टाचार, दण्डहिनता र समग्र बेथितिका बिरुद्ध राप्रपाले प्रदेश स्तरिय बिरोध प्रर्दशन तथा सभाको तयारी गर्न सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको हित र स्वार्थमा‌ आघात पुग्ने गरी अनुशासनहिन कार्य गरेकाले पार्टीको अनुशासन समितिको सिफारिस बमोजिम झापाका केन्द्रीय सदस्य नवराज पनेरु (राजु) र मोरङ्ग जिल्ला‌ कार्यसमितिका पुर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गरिएको छ ।

यसैगरी बैकठले महामन्त्री डा। धवल शम्शेर राणाद्वारा प्रस्तुत आगामी आन्दोलन सम्बन्धि कार्ययोजनालाई अन्तिम रुप दिन बरिष्ठ नेता एवम् उपाध्यक्ष बुद्दिमान तामाङ्ग, बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ्ग र महामन्त्रीद्वय डा। धवल शम्शेर राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरेको छ ।