९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

स्वास्थ्यकर्मीको दरबन्दी नबढाउँदासम्म समस्या समाधान हुँदैन: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्यकर्मीको दरबन्दी नबढाउँदासम्म समस्या समाधान हुँदैन: स्वास्थ्यमन्त्री बस्नेत
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको अभाव परिपूर्ति गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ ।

शुक्रवार शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्यमन्त्री बस्नेतले एउटा स्वास्थ्यकर्मीले चार जना बराबरको काम गर्न नसक्ने भन्दै दरबन्दी थप्ने विषयमा सबैको सहमति जुटिसकेको र अब छिटै प्रक्रिया अघि बढ्ने बताउनुभएको हो ।

उहाँले दरबन्दी बढाउन नसकेसम्म स्वास्थ्य क्षेत्रको समाधान गर्न नसकिने अवस्था रहेको पनि बताउनु भयो । दरबन्दी यही ढंगमा रहिरहे जतिसुकै कडा कानून ल्याएपनि समस्या समाधान गर्न नसकिने मन्त्री बस्नेतको भनाई छ । उहाँले स्वास्थ्यकर्मीहरुको सुरक्षाका सन्दर्भमा सरकार गम्भिर भएर लाग्ने बताउनु भयो । शान्ती सुरक्षाको हिसावले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्नु सबैको दायित्व भएको बताउनु भयो । मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा क्षेत्रको समस्या समाधान गरिने बताउनु भयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘दरबन्दी यही ढंगबाट रहिरह्यो भने यस्ता घटनाहरु जतिसुकै कडा कानूनी प्रतिवद्धता जायर गरेपनि समस्या समाधान गर्न सक्दैनौं । हरेक छलफलमा दरबन्दीका कुरा उठाइरहेको छु । यो कुरामा प्रधानमन्त्री पनि गम्भिर हुनुभएको छ । यो अन्तिम अवस्थामा पुगेको छ । सुर्तिजन्य पदार्थमा उठेको करलाई मात्रै व्यवस्थित गर्दै क्यान्सर रोगको उपचार र दरबन्दी शुरु गर्न सकियो भने राम्रो हुन्छ । यो विषय धेरै पोजेटिभ भएको छ । चिकित्सा शिक्षा ऐनले केही राम्रो पक्ष पनि शुरुवात भएको छ । तर, त्यो शुरुवात भएको कुरालाई हाम्रो राष्ट्रले पुगेन । स्वास्थ्यकर्मीहरु निकै कम उत्पादन भयो । यही अवस्था रहे सीता खोजे झैँ खोज्नुपर्ने हुन्छ ।

ऐनको परिमार्जनको कुरा मैले उठाएँ । एकथरी साथीले यो कुरा उठाउनु भयो भने तपाईको राजिनामा माग्न सक्छन् भने । तर म बोलीरहे । यो विषय वस्तु गम्भिर छ भनेरपनि प्रधानमन्त्री ज्युले भन्नुभएको थियो । अहिले चिकित्सा शिक्षा ऐनमा भएको कमजोरी सुधार्न संशोधन प्रकृया अगाडी जाने प्रक्रियामा छ । चिकित्सा शिक्षा आयोगले प्रदान गरेको छात्रवृत्तिमा झन्डै तीन अर्ब वार्षिक खर्च हुन्छ । अहिलेकै अवस्थामा २९ हजार नर्स चाहिन्छ । अहिले स्थानीय तहमा पनि स्वास्थ्यकर्मी चाहिएको छ ।

अहिले छात्रवृत्ति कोटामा थपिएको अवस्था छ । दरबन्दी बढाउन सकिएन भने एउटा डाक्टरले चार जना बराबरको काम गर्न सक्दैन । म माननीय ज्युहरुलाईपनि भन्न चाहन्छु, कोही बिरामी पर्‍यो, बेवारिसे छ, भने तपाईहरुले मलाई टिपाईदिनुहोस् । पैसा नभएको कारणले कोही व्यक्ति त्यसै मर्न पर्दैन । हामीले यस्ता खालका बिरामीहरुलाई तीन चार जनादेखि १७/१८ जनासम्मलाई अस्पताल पठाएका छौँ । यसमा डाक्टर साबहरुले सहयोग गर्नुभएको छ । शान्ती सुरक्षाको हिसावले यो क्षेत्रलाई व्यवस्थित गर्ने हामी सबैको दायित्व हो ।’

मन्त्री बस्नेतले प्रयोगविहीन स्वास्थ्यका उपकरणलाई समुचित तरीकाले व्यवस्थापन मिलाइएको बताउनु भयो ।