६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

समाजमा अराजकता बढ्दै गयोः उपाध्यक्ष शाक्य

समाजमा अराजकता बढ्दै गयोः उपाध्यक्ष शाक्य
अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समाजमा अराजकता र अनैतिकता बढ्दै गएको बताउनुभएको छ ।

मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजमा अराजकता र अनैतिकता बढीरहेको बेलामा र मानव सेवा कमजोर बन्दै गएको बेलामा जनसेवामा समर्पित हुँदै जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिमर्पण गर्नु अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले क्षयरोग र कुष्ठरोगीलाई हेर्ने नजर अहिले पनि सकारात्मक नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्षयरोग र कुष्ठरोगीलाई हेर्ने नजर अहिले पनि राम्रो छैन, छिछि दुरदुर गरिन्छ । अहिले पनि समस्या छ । परिवारमा र समाजमा धेरै समस्या छ । त्यो बेलामा डाक्टर भएर क्षयरोग र कुष्ठरोगको उपचार गरिरहँदा उहाँको भावनामा के के जाग्यो ? कसरी गर्नुभयो भन्नेकुरा सोध्न मन छ । त्यसरी उहाँले समाज, परिवारले छिछि दुरदुर गरेको काम कसरी सफल गर्नुभयो भन्ने जिज्ञासा छ । उहाँले अत्यन्तै विज्ञ भएर काम गर्नुभएको छ । मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिंगो रुपमा समर्पण गर्नु अहिलेको आवश्यकता छ । अहिले समाज अलिकति अराजकता, अनैतिक हुँदै गएको बेलामा मानव सेवामा कमजोर हुँदै गएको बेलामा त्यसरी समर्पित गर्दै जानुपर्छ ।’

उपाध्यक्ष शाक्यले मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिंगो रुपमा समर्पण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।