६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

दशैंको पूर्वसन्ध्यामा पशुबलि निषेधको आह्वान गर्दै काठमाडौँमा र्याली

दशैंको पूर्वसन्ध्यामा पशुबलि निषेधको आह्वान गर्दै काठमाडौँमा र्याली
अ+ अ-

काठमाडौँ । दशैंको पूर्व सन्ध्यामा विभिन्न प्रकृतिप्रेमी तथा आध्यात्मिक संस्थाहरूले काठमाडौँमा शनिवार बिहान पशुबलिविरुद्ध र्याली निकालेका छन्। विगत दुई दशकयता ‘पशुबलि निषेध चेतना अभियान’ले दशैं अघिको छेको पारेर पशुहिंसा निषेधको आव्हानसहित जागरण र्याली निकाल्ने गरेका छन्।

र्‍यालीमा नेपाल शाकाहारी संघ र नेपाल विशुद्ध शाकाहारी (भिगन) संघको सहभागिता थियो। बौद्धमार्गी, ओशोपन्थी, कबिरपन्थी, वैश्णव, प्रणामी, ब्रम्हकुमारी संस्था, साइपन्थी, ‘सुप्रिम मास्टर्समार्गी’ नास्तिकजन तथा शाकाहारको वकालत गर्ने आध्यात्मिक संस्थाहरूको र्‍यालीमा सहभागिता थियो।

र्याली भद्रकालीमा सुरु भइ न्युरोडको जुद्ध सडक हुँदै रत्नपार्कमा आई कोणसभामा टुङ्गिएको थियो। र्‍यालीको समापनमा बोल्दै पशुबलि निषेध चेतना अभियानका मुख्य अभियन्ता तथा संस्कृतिविद डा। गोविन्द टन्डनले वातावरण रक्षादेखि मानव स्वास्थ्यको लागिसमेत पशुजन्य भोजन कम गर्नुपर्ने तर्क राखे। उनले भने, ‘मन्दिरमा होस् या वधशालामा, कतै पनि पशु नमारीकन पनि मानव जीवन चल्न सम्भव छ। अबको मानव जाति त्यसतर्फ लाग्नुपर्छ।’

शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले सबै प्राणीलाई बाँच्ने रहर हुने भन्दै आजको युगमा पशुबलिमात्रै नभएर पशुजन्य भोजन पनि अनुचित भएको तर्क राखे। उनले भने, ‘पृथ्वी सबैको साझा घर हो, तर हामीले पशु र प्रकृतिको अति दोहन गरेकै कारण आज जलवायु परिवर्तनलगायत समस्या निम्तेको छ।’