५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ ।  नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताउनुभएको छ ।

पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महसाचिव पोखरेलले गत निर्वाचनमा सामनुपातिकतर्फ एमाले पहिलो पार्टी भए पनि सुविधाजनक बहुमत नभएकाले प्रतिपक्षमा रहेको जनाउँदै अबका दिनमा पहिलो पार्टी बन्ने गरी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘एमालेको अहिलेको ध्यान सरकार बनाउनेमा छैन । पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गरी मुलुकको विकास, समृद्धि र राजनीतिक स्थिरता हो ।’’ उहाँले समाजमा रहेको सामाजिक अराजकता, मौलिक संस्कृतिमाथिको विघटनतर्फ उन्मुख भएको टिप्पणी गर्र्दै समाजको मनोविज्ञानलाई अनुशासित र राष्ट्र निर्माणको सङ्कल्पबाट राष्ट्रिय एकतालाई सवल बनाउनु एमालेको मुख्य चासो भएको स्पष्ट गर्नुभयो ।

एमालेको प्रथम अधिवेशनको ब्यानर अङ्कित ड्रोन उडाएर पार्टीका अध्यक्ष एवं पूर्प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाट गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र रामबहादुर थापा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालगायत नेताहरु सहभागी हुनुन्छ । रासस