५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय विश्वकपका लागि पाकिस्तानको टिम घोषणा



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकपका लागि पाकिस्तान क्रिकेट टोलीको घोषणा भएको छ । शुक्रबार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले १५ सदस्यीय विश्वकप खेल्ने टोली घोषणा गरेको हो ।

भारतमा एकदिवसीय विश्वकप अक्टोबर ५ बाट सुरु हुँदैछ । पाकिस्तानको पहिलो खेल ६ अक्टोबरमा हैदरावादको उप्पल मैदानमा नेदरल्याण्डसँग हुनेछ । विश्वकपमा भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

पाकिस्तानका फास्ट बलर नसिम शाह चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । नसिम शाह एसिया कप २०२३ सुपर–४ मा भारतसँगको खेलमा घाइते भएका थिए । उनले खेलमा आफ्नो ओभर पनि पूरा गर्न सकेनन्, उनले आफ्नो कोटाको ९.२ ओभर मात्र बलिङ गरे र पछि ब्याटिङ गर्न पनि आएनन् ।

घाइते नसिम शाहको स्थानमा मध्यम गतिका बलर हसन अली झण्डै एक वर्षपछि टोलीमा फर्किएका छन् । हसन अलीले आफ्नो अन्तिम एकदिवसीय खेल गत वर्ष जुन १२ मा वेस्ट इन्डिजविरुद्ध मुल्तानमा खेलेका थिए । हसन अलीले हालसम्म खेलेका ६० ओडीआईमा ५.७५ को इकोनोमी रेटमा ९१ विकेट लिएका छन् ।

यस्तो छ पाकिस्तानी टोलीः बाबर आजम (कप्तान), शादाब खान, फखर जमान, इमाम उल हक, अब्दुल्ला शफिक, मोहम्मद रिजवान, साउद शकील, इफ्तिखार अहमद, सलमान अली आगा, मोहम्मद नवाज, उसामा मीर, शाहीन शाह अफ्रिदी, हरिस रउफ, मोहम्मद वसीम जूनियर, हसन अली ।