• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ? ★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा

एकदिवसीय विश्वकपका लागि पाकिस्तानको टिम घोषणा



एजेन्सी । एकदिवसीय विश्वकपका लागि पाकिस्तान क्रिकेट टोलीको घोषणा भएको छ । शुक्रबार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले १५ सदस्यीय विश्वकप खेल्ने टोली घोषणा गरेको हो ।

भारतमा एकदिवसीय विश्वकप अक्टोबर ५ बाट सुरु हुँदैछ । पाकिस्तानको पहिलो खेल ६ अक्टोबरमा हैदरावादको उप्पल मैदानमा नेदरल्याण्डसँग हुनेछ । विश्वकपमा भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

पाकिस्तानका फास्ट बलर नसिम शाह चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । नसिम शाह एसिया कप २०२३ सुपर–४ मा भारतसँगको खेलमा घाइते भएका थिए । उनले खेलमा आफ्नो ओभर पनि पूरा गर्न सकेनन्, उनले आफ्नो कोटाको ९.२ ओभर मात्र बलिङ गरे र पछि ब्याटिङ गर्न पनि आएनन् ।

घाइते नसिम शाहको स्थानमा मध्यम गतिका बलर हसन अली झण्डै एक वर्षपछि टोलीमा फर्किएका छन् । हसन अलीले आफ्नो अन्तिम एकदिवसीय खेल गत वर्ष जुन १२ मा वेस्ट इन्डिजविरुद्ध मुल्तानमा खेलेका थिए । हसन अलीले हालसम्म खेलेका ६० ओडीआईमा ५.७५ को इकोनोमी रेटमा ९१ विकेट लिएका छन् ।

यस्तो छ पाकिस्तानी टोलीः बाबर आजम (कप्तान), शादाब खान, फखर जमान, इमाम उल हक, अब्दुल्ला शफिक, मोहम्मद रिजवान, साउद शकील, इफ्तिखार अहमद, सलमान अली आगा, मोहम्मद नवाज, उसामा मीर, शाहीन शाह अफ्रिदी, हरिस रउफ, मोहम्मद वसीम जूनियर, हसन अली ।