६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

कामपा स्वास्थ्य विभाग मातहतका सेवाको वार्षिक समीक्षा: सेवाग्राहीको संख्या बढाउनु पर्नेमा जोड

कामपा स्वास्थ्य विभाग मातहतका सेवाको वार्षिक समीक्षा: सेवाग्राहीको संख्या बढाउनु पर्नेमा जोड
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले मातहतका सेवाको वार्षिक समीक्षा थालेको छ । स्वास्थ्य प्रवर्धन केन्द्र र वडा क्लिनिकका स्वास्थ्यकर्मीका विच आज थालिएको समीक्षामा केन्द्र तथा क्लिनिक इन्चार्जहरुले आधारभूत सेवामा सेवाग्राही सन्तुष्ट रहेको र विशेषज्ञ सेवाका लागि क्षमता बढाउँदै जानु पर्ने धारणा राख्नुभयो ।

समीक्षा उद्घाटन अवसरमा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले स्वास्थ्य क्षेत्रलाई लैङ्गिक, सामाजिक तथा मानसिक अवस्था, सहरी आचरण, खानपान, बजारलगायतका कोणबाट हेरेर सेवा वितरणमा सन्तुलन गर्न आग्रह गर्नुभयो ।
‘नागरिकलाई रोगबाट बचाउन आहार, विहार, आचार विचारसँग सम्बन्धित स्वच्छ भान्सा, आरोग्य जीवनलगायत कार्यक्रम थालिएको छ ।’, अधिकारीले भन्नुभयो, ‘रोग लागेको विरामीको सहज, सरल र पहुँच योग्य उपचारका लागि सुलभ फार्मेसीलगायत कार्यक्रम कार्यान्वयन चरणमा ल्याइएको छ । यसलाई सफल कार्यान्वयन गरेर स्वास्थ्य सेवामा सेवाग्राहीको संख्या बढाउनु पर्छ । यसमा तपाईँहरुको नतिजा देखिन्छ ।’

समीक्षामा वडा नंं ११ का अध्यक्ष एवं भवन समितिका संयोजक हीरालाल तण्डुकारले स्वास्थ्य र शिक्षालाई नि:शुल्क बनाउनेतिर कार्यक्रम सञ्चालन थालिएको बताउनुभयो ।  काठमाडौँ महानगरपालिकाले स्वास्थ्य ऐन जारी गरिसकेको छ । हाम्रो हिँड्ने बाटो त्यही हो । यसको अध्ययन गर्नुहोला । कार्यक्रममा विभागका प्रमुख रामप्रसाद पौडेलले, स्वास्थ्य सेवा प्रविधिमा आधारित हुने भएकोले प्रविधिमा अभ्यस्त हुन र सेवाग्राहीमैत्री व्यवहारबाट विरामीको मन जित्ने सिपको विकास गर्न आग्रह गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख सागर घिमिरेले, स्वास्थ्य क्षेत्र सुधारका लागि केन्द्र सरकारले लिएका लक्ष्य कार्यान्वयनको अवस्था पालिकाहरुले प्राप्त गरेको नतिजामा देखिने धारणा राख्नुभयो । पालिकाहरुले उपलब्ध गराएका सेवाको तथ्याङ्क दुरुस्त हुनुपर्छ । यो सम्भव भएन भने भरपर्दो हुनुपर्छ । घिमिरेको भनाइ थियो ।

समीक्षामा प्रस्तुतिकरण गर्दै स्वास्थ्य महाशाखा प्रमुख सजिना महर्जनले, स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना, स्वास्थ्य ऐन निर्माण, अनलाइन प्रणालीमा आधारित औषधि तथा औषधिजन्य सामग्री वितरण गएको बर्षका उपलब्धी भएको महर्जनको भनाइ थियो । उहाँकाअनुसार सबै वडा क्लिनिकलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा सञ्चालन गर्ने लक्ष्यअनुरुप वडा नं. १, ७, ८, ९, १४, १९, २६ र ३० गरी ८ वटा वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा आइसकेका छन् । वडा नंं ३, ५, ६, १०, ११, १२, १७, १८, २२, २७ र २८ गरी ११ वटा वडामा पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । वडा नं. २, १३, १६, २०, २१, २३ र २४ मा स्थान पहिचान भइसकेको छ । पूर्वाधार निर्माणको काम बाँकी छ । बाँकी ६ वटा वडामा स्थान पहिचानको प्रक्रिया चलिरहेको छ । महानगरपालिकाले आउँदो ६ महिनाभित्र २० वटा वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

विभागले महानगरपालिकाभित्रका निजी स्वास्थ्य संस्थाको विवरण संकलन गरेको छ । यसमा २ हजार १ सय वटा स्वास्थ्य संस्था देखिएका छन् । चालु आर्थिक बर्षमा स्वर्णिम तथा गौरव योजनामा भएका कार्यक्रमसहित इम्प्लान्ट तथा औषधिबाट गरिने गर्भपतन सेवा केन्द्रको विस्तार, आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवा व्यवस्थापन गर्न जनशक्तिको क्षमता विकास, अनलाइन प्रणालीमा आधारित प्रक्रियालगायत कामलाई विभागले प्राथमिकतामा राखेको छ ।