३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको आर्थिक विकासको लाभ नेपालले प्राप्त गर्न थालेको छ: राजदूत सोङ



अ+ अ-

काठमाडौं।  नेपालका लागि चीनका राजदूत चेन सोङले छिमेकी मित्रराष्ट्रका रुपमा नेपाल र चीनबीच विविध क्षेत्रमा भएका सार्थक सहकार्यले बिआरआईको फ्रेमवर्कभित्र सकारात्मक नतिजा हासिल गर्न मद्दत पुगेको बताउनु भएको छ ।

गणतन्त्र चीन स्थापनाको ७४औं वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित चिनिया राजदूतावासले बिहीबार आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्दै राजदूत सोङले भन्नुभयो, नेपालमा विगत सात वर्षदेखि निरन्तर चीनबाट सर्वाधिक वैदेशिक लगानी भित्रिएको छ । नेपालमा चिनिया लगानी भित्रिएसँगै एक लाख भन्दा बढी व्यक्तिले नेपालमा रोजगारी पाएका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको योजना बमोजिम शुरु भएको बेल्ट एन्ड रोड (बिआरआई) स्थापनाको यस वर्ष दशौं वार्षिकोत्सव पनि हो भन्दै राजदूत सोङले भन्नुभयो, बिआरआई विश्वभर विकासलाई तिब्रता दिने एक प्रयत्न हो । विगत दशकमा चीनले विकासका हरेक क्षेत्रमा साझेदारीका साथ पहल गर्ने अठोट लिएको छ ।”

उहाँले अगाडि भन्नुभयो, चीनको आर्थिक विकासको लाभ नेपालले पनि हासिल गर्न थालेको मैले महशुस गरेको छु । हालैमात्र, नेपालबाट हाइलेज घाँस चीनको तिब्बत निकासी भएको थियो भने चीनको सामुद्रिक मार्गहुँदै पहिलो पटक सामान आयात भएको छ । चीन–नेपाल कनेक्टीभिटी सञ्जाल निर्माणका कार्यहरुले ढिलै भए पनि क्रमश: मूर्तरुप लिइरहेकाले नेपालले भूपरिवेष्ठित मुलुकबाट आफूलाई “ल्यान्डलिन्क्ड” मुलुकमा लैजाने सपना साकार बनाउँदैछ ।”

चीनले गरिरहेको विकासका पहलहरुले विश्वमै नयाँनयाँ अवसरहरु सिर्जना गरिरहेको छ, विगत ७४ वर्षमा चीनले गरेको प्रगतिबाट चीनले मात्र नभई विश्वमै शान्ति र विकासका लागि महत्वपूर्ण योगदान गरेको छ भन्दै राजदूत सोङले भन्नुभयो, “चीनले हालका वर्षहरुमा ३० प्रतिशतभन्दा बढी स्रोतसाधन आर्थिक विकासका कार्यमा योगदान गरिरहेको छ र यसले विश्वव्यापी विकासको एक महत्वपूर्ण इन्जिनका रुपमा काम गरेको छ ।”

चीनको विकास अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वमै निर्भर छ भन्दै राजदूत सोङले भन्नुभयो, “खुलापनमा विश्वास गर्ने चीनले विश्वकै अर्थतन्त्रको समतामूलक विकासका लागि योगदान गर्न सक्दछ, र चीनको ध्येय पनि यही हो ।”

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणबाट दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने र सहयोगका क्षेत्र अझ फैलिने विश्वास लिएको उहाँले बताउनुभयो ।

सो कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कार्यवहाक प्रधानमन्त्री पूर्णबहादुर खड्का ,पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा माधव कुमार नेपाल, झलनाथ खनाल,पूर्व सभाुमख अग्नि सापकोटा , बिभिन्न कुटनीतिक नियोगका पदाधिकारीहरु , सुरक्षाकर्मी ्रसमाजका लब्धप्रतिष्ठित व्यक्तिहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो ।