२१ श्रावण २०८३, बिहीबार
,
Latest
लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने? गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ? तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको… राष्ट्रियसभाको बैठक सुरु धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवताले जलवायुमा नरकको ढोका खोलेको छ: गुटेरेस



अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मानवताले जलावायुमा नरकको ढोका खोलेको बताउनुभएको छ ।

महासभाको उच्चस्तरीय सप्ताहमा आयोजित जलवायु महत्वाकांक्षा शिखर सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानवताले नरकको ढोका खोलिदिएको र भयावह गर्मीले त्यसको प्रभाव बढाइरहेको बताउनु भयो । बाढीले बाली बगाउँदा किसानहरु विचलित भएको, बढ्दो तापक्रमले रोग फैलिरहेको, डढेका कारण हजारौँ मानिस र धनको क्षति हुनु पनि जलवायु परिवर्तनको असर रहेको बताउनु भयो । यसमा केही पनि न्युनिकरण नगरे संसार २.८ डिग्रि तापक्रमतर्फ जाने खतरा रहेको चेतावनी दिनुभयो ।

उहाँले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्रिमा सिमित गर्न आह्वान गर्नुभयो । उहाँले सबै पक्षले यसमा गम्भीर भएर सोच्नुपर्ने बताउनु भयो । उहाँले विकसित देशले विकासशील देशलाई सय बिलियन अमेरिकी डलर दिने प्रतिवद्धता पूरा गर्नुपर्ने बताउनु भयो ।

शक्ति देशले दिएको अस्पष्ट वाचाले जनतालाई धोका दिने काम भइरहेको बताउनु भयो ।